शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मृगौला रोगीका लागि नर्भिकमा निःशुल्क ओपीडी सेवा

शुक्रबार, २० फागुन २०७८, १२ : ४६
शुक्रबार, २० फागुन २०७८

नर्भिक अस्पतालको यूरोलोजी टिमले फागुन २१ गते शनिवार निःशुल्क ओपिडी सेवा संचालन गर्ने भएको छ । प्रा.डा. रविन जोशी, डा. इशान मल्ल नेतृत्वको यूरोसर्जरी तथा यूरोलोजी टिमले निःशुल्क जाँच, परामर्श तथा उपचार सेवा दिन लागेको हो । 

केही साता रोकिएर पुनः सुचारु भएको निःशुल्क ओपिडी सेवा बिहान ९ः३० देखि ११ः३० बजेसम्म (२ घण्टा) संचालन हुने अस्पतालले जनाएको छ । मृगौला, मूत्रनली र मूत्रथैलीमा पत्थरी र क्यान्सर, प्रोस्टेट, अण्डकोष र हर्नियाको समस्या भएका बिरामीहरुले ओपिडीमा सहभागी भई परामर्श सेवा लिन सक्छन् ।

निःशुल्क ओपिडी सेवा लिन चाहनेले नर्भिक अस्पतालको कल सेन्टरको नम्बर ५९७००३२ तथा ह्वाट्स वा भाइबरबाट नाम टिपाउन चाहनेले ९८८०८८८००० मा सम्पर्क गरेर आफ्नो नाम अग्रिम टिपाउन सक्छन् । कोभिड संक्रमणका कारण रोकिएको निःशुल्क ओपिडी अभियान गत सातादेखि पुनः सुरु भएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप