मिर्गौला रोगीले शनिबार नर्भिकमा फ्री ओपीडी सेवा पाउने

फागुन २१ गते शनिवार(भोलि) नर्भिक अस्पतालको यूरोलोजी टिमले निःशुल्क ओपिडी सेवा संचालन गर्ने भएको छ । शनिबार प्रा.डा. रविन जोशी, डा. इशान मल्ल नेतृत्वको यूरोसर्जरी तथा यूरोलोजी टिमले निःशुल्क जाँच, परामर्श तथा उपचार सेवा दिन लागेको हो ।
केही साता रोकिएर पुनः सुचारु भएको निःशुल्क ओपिडी सेवा बिहान ९ः३० बजेदेखि ११ः३० बजेसम्म २ घण्टा) संचालन हुने अस्पतालले जनाएको छ । ओपीडीमा मिर्गौला, मूत्रनली र मूत्रथैलीमा पत्थरी तथा क्यान्सर, प्रोस्टेट, अण्डकोष र हर्नियाको समस्या भएका बिरामीहरुले निःशुल्क ओपिडीमा सहभागी भई निःशुल्क परामर्श सेवा लिन सक्नेछन् ।
निःशुल्क ओपिडी सेवा लिन चाहनेले नर्भिक अस्पतालको कल सेन्टरको नम्बर ५९७००३२ तथा ह्वाट्स वा भाइबरबाट नाम टिपाउन चाहनेले ९८८०८८८००० मा सम्पर्क गरेर आफ्नो नाम अग्रिम टिपाउन सक्ने जनाइएको छ ।
कोभिड संक्रमणका कारण रोकिएको नर्भिक इन्टरनेशनल हस्पिटलको निःशुल्क ओपिडी अभियान गत सातादेखि पुनः सुरु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भ्रमको खेतीमा पीएचडी पाउन मिल्ने हो भने ओली सरकारलाई दिए हुन्छ : बालेन शाह
-
सुदूरपश्चिम संसदीय दलको विवाद समाधान नहुँदा पार्टी नेतृत्व अप्ठ्यारोमा
-
प्रधानमन्त्री कप छनोट प्रतियोगितामा सुनसरी र इलाम विजयी
-
राप्रपा नेपालले चैत २६ मा बृहत् जनप्रदर्शन गर्ने
-
प्रधानमन्त्रीलाई प्रभुको प्रश्न : कुन नैतिकताले पदमा बस्नुहुन्छ ?
-
अध्यादेश रोकिएपछि एकीकृत समाजवादीमाथि ‘दल विभाजन’को तरबार