आइतबार, २३ असार २०८१
ताजा लोकप्रिय

ग्रीन भेञ्चरको आईपीओ भर्ने आज अन्तिम दिन, कति दिने आवेदन ?

शुक्रबार, २० फागुन २०७८, ११ : ४४
शुक्रबार, २० फागुन २०७८

ग्रीन भेञ्चरको  प्राथमिक सेयर (आईपीओ)  आवेदन दिने अन्तिम दिन आज सकिँदै छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित तथा स्थानीयवासीका लागि फागुन २ गतेदेखि ३१ लाख २५ हजार कित्ता आईपीओ निष्कासन गरेको थियो । 

उक्त आईपीओमा आज साँझ ५ बजे बन्द हुदैछ । इच्छुक लगानीकर्ताले सो समयसमयमा आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । 

ग्रीन भेञ्चरले रामेछाप र ओखलढुंगाको सीमामा रहेको ५२.४ मेगावाटको लिखु–४ जलविद्युत् आयोजना निर्माण गरिरहेको  छ । कम्पनीको प्रतिसेयर लागत मूल्य २३ करोड रुपैयाँ अनुमान गरिएको छ । यसको पेब्याक पिरियड ७.९१ वर्ष र डिस्काउन्टेड पेब्याक पिरियड ११.५७ वर्ष रहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप