युक्रेनको परमाणु प्लान्टमा आगलागी : जेलेन्स्कीले भने, ‘चेर्नोबिलभन्दा पनि खतरनाक हुने’
युक्रेनका राष्ट्रपति वोलोदिमिर जेलेन्स्कीले रुसी बलले युरोपको सबैभन्दा ठूलो परमाणु प्लान्टमा हमला गरेको जानकारी दिएका छन् ।
उनले संसारभरीका देशसँग मद्दतको अपिल गरेका छन् । ट्वीटरमा पोस्ट गरिएको एक भिडियो सन्देशमा जेलेन्स्कीले युरोपको सबैभन्दा ठूलो परमाणु प्लान्ट खतरामा भएको बताएका छन् ।
जेलेन्स्कीले रुसी बलले जानीजानी परमाणु पावर प्लान्टलाई निशाना बनाइरहेको बताए । उनले सन् १९८६ मा चेर्नोबिल परमाणु दुर्घटनालाई उद्धृत गर्दै जेपोरजियाको ६ रियाक्टरमा कुनै दुर्घटना भए यसको नतिजा भयानक हुने बताएका छन् । जेलेन्स्कीले भने, ‘युरोपका जनता कृपया जागा हुनुहोस् । तपाईंहरु आफ्ना नेतालाई रुसी बल युक्रेनको परमाणु प्लान्टमा हमला गरिरहेका छन् भनेर भनिदिनुहोस् ।’
जेलेन्स्कीले उनी अमेरिका, बेलायत र इयूका नेताको सम्पर्कमा भएको बताएका छन् । यसका साथै उनले आफ्नो कुरा इन्टरनेशनल टमिक एनर्जी एजेन्सीसँग पनि भएको बताएका छन् । उनले युरोपका जनतालाई आफ्ना नेतालाई जगाउन आग्रह गरेका छन् । जेलेन्स्कीले रुसी प्रोपोगान्डाले अतितमा संसार परमाणुको खरानी ढाकिने बताएको र अब यो चेतावनी साँचो हुँदै गइरहेको देखिएको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सक्षम र नैतिकवान नागरिक तयार गर्नु सबैको दायित्व : मुख्यमन्त्री कार्की
-
स्थानीय तहमा विपद व्यवस्थापन संस्थागत हुन सकेन : अध्ययन
-
पुटिनद्वारा सन् २०२४ लाई ‘ऐतिहासिक’ वर्ष घोषणा
-
१० बजे, १० समाचार : रविलाई ३ वटा मुद्दा, जग्गा विवादमा एमालेलाई राहत
-
नेपालका हिमाली क्षेत्रमा जलवायु परिवर्तनको अवस्थाबारे अनुसन्धान गर्न परराष्ट्रमन्त्रीको आग्रह
-
एनआरएनए उच्चस्तरीय समिति बैठक : एकताका लागि दुई निर्णय