बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

वर्षौं पुरानो दुर्गा भगवतीको घण्ट चोरी

शुक्रबार, २० फागुन २०७८, ०८ : ५८
शुक्रबार, २० फागुन २०७८

अज्ञात व्यक्तिद्वारा डोटीको दिपायल सिलगढी नगरपालिका–३ दिपायल बासुधारास्थित दुर्गा भगवती मन्दिरमा चढाइएको २८ वर्ष पुरानो घण्ट चोरी भएको छ । दिपायल सिलगढी–१ तिखागाउँका दत्तुसिंह खड्काले विसं २०५० मा चढाएको कम्तीमा पनि ४५ किलाको घण्ट चोरी भएको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख तथा प्रहरी नायब निरीक्षक रुपसिंह थापाले बताए ।

उनले भने, “यही फागुन १८ गते राति उक्त घण्ट चोरी भएको खबर आएको छ, खोजीकार्यका लागि प्रहरी टोली परिचालन गरेका छौँ, कसले र किन चोरको हो यकिन गर्न सकिएको छैन ।” मन्दिरमा चढाइएको घण्ट चोरी भएको घटना डोटीमा पहिलोपटक भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला बाहिरबाट सामान बिक्रीका लागि आउने गैरहिन्दूले उक्त मन्दिरको घण्ट चोरेको हुनसक्ने अनुमान स्थानीयवासीले गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप