शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सर्वोच्चमा पाँच महिनापछि आज संवैधानिक इजलास

शुक्रबार, २० फागुन २०७८, ०७ : ३५
शुक्रबार, २० फागुन २०७८

सर्वोच्च अदालतमा पाँच महिनापछि आज शुक्रबार संवैधानिक इजलास बस्ने भएको छ । संवैधानिक इजलास पछिल्लो पटक १३ असोजमा बसेको थियो । सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार शुक्रबार नयाँ दर्ता भएका मुद्दाको पेसी तोकिनेछ भने हरेक बुधबार प्रक्रियामा रहेका मुद्दा हेरिनेछ ।

यसअघि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध आन्दोलन सुरु भएपछि सर्वोच्चमा संवैधानिक इजलास बस्न सकेको थिएन ।

१ फागुनमा  जबराविरुद्ध महाभियोग दर्ता भएर उनी निलम्बनमा परेसँगै १० न्यायाधीशबीचको छलफलबाट संवैधानिक इजलास पुनः बस्ने निर्णय भएको हो । कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले पहिलो पटक संवैधानिक इजलास गठन गर्न लागेका हुन् ।  

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप