आजको मौसम पूर्वानुमान : पहाडी भूभागमा चट्याङसहित वर्षा
शुक्रबार, २० फागुन २०७८, ०६ : ५७
हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । बिहान उच्च पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली छ भने पहाडी भूभागमा आंशिक बदली छ । तराईमा मौसम सामान्यतया सफा देखिन्छ ।
दिउँसो पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना पनि छ ।
राति उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ । शनिबार पहाडी तथा हिमाली भूभागमा आंशिक बदली तथा अन्य भूभागमा मौसम सामान्यतया सफा रहने आँकलन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज स्थगित गरिएको कृषि र पशु विज्ञानको प्रवेश परीक्षा १७ गते हुने
-
वर्षाका कारण मेलम्चीको पानी आउने दिन अनिश्चित
-
सबैभन्दा धेरै क्षति बागमती प्रदेशका जिल्लाहरूमा : गृह मन्त्रालय
-
साढे ६ बजेको अपडेटः काठमाडौँसहित १२ स्थानका नदीमा ‘रेड अलर्ट’
-
दोलखामा एकै परिवारका ३ जनाको मृत्यु, ३ वर्षीय बालकको उद्धार
-
विपद्मा परी ६६ जनाको मृत्यु, ७९ जना बेपत्ता