एमाले फेरि ठुलो पार्टी बन्छ : रघुवीर महासेठ

नेकपा एमालेका सचिव रघुवीर महासेठले आगामी निर्वाचनमा एमाले फेरि देशको ठुलो पार्टी बन्ने दाबी गरेका छन् । नेता महासेठले एमाले ठुलो दल बनेपछि तराई मधेश समृद्धि कार्यक्रमलाई निरन्तरता दिने समेत बताए । उनले तराई मधेस समृद्धिको कार्यक्रमलाई तत्कालीन एमाले सरकारले अघि बढाए पनि वर्तमान सरकारले बेवास्ता गरेको बताए ।
एमाले नगराइन नगरपालिका अधिवेशनलाई सम्बोधन गर्दै उनले आगामी दिनमा एमालेले तराई मधेशको समृद्धिलाई प्राथमिकतामा राखेर काम गर्ने दाबी समेत गरे । सचिव महासेठले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट आन्दोलनलाई समाप्त गर्न खोजेको आरोप लगाए ।
अर्को एक प्रसंगमा उनले रुस–युक्रेन युद्धका क्रममा सरकारले युक्रेनको पक्षमा बोलेकोप्रति आपत्ति समेत जनाए । कार्यक्रममा प्रतिनिधिसभाकी सांसद तथा नेकपा एमाले नेतृ जुली महतोले जनताका लागि काम गर्न सक्ने उम्मेदवारलाई जिताउन आग्रह गरिन् । नेता रामबाबु पजियारको अध्यक्षतामा भएको अधिवेशनमा मिथिला नगरपालिकाका मेयर हरिनारायण महतो, बटेश्वरका गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर राउत, मिथिला बिहारी नगरपालिका मेयर अनिल यादव लगायत सहभागी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शारीरिकसरह मानसिक स्वास्थ्यका संरचना निर्माण गर्नू, लान्छना लगाउनेलाई दण्डित गर्नू : सर्वोच्च अदालत (पूर्णपाठ)
-
न्यायिक समितिको सशक्तिकरणमा सहयोग गर्ने मुख्यमन्त्री कँडेलकाे प्रतिबद्धता
-
सरकारले आन्दोलनरत शिक्षकरूलाई वार्तामा बोलायो
-
आइसिसी महिला विश्वकप एसिया छनोटका लागि नेपाली टोलीको घोषणा
-
१० वर्ष अघि भूकम्पमा मृत्यु भएकाको सम्झनामा दीप प्रज्वलन
-
प्रचण्ड के आधारमा सरकार ढल्ने अभिव्यक्ति बारम्बार दिन्छन् ?