नदीमा डुबेर दुई बालकको मृत्यु
बिहीबार, १९ फागुन २०७८, २१ : ३१

नारायणी नदीमा पौडी खेल्न गएका दुई बालकको डुबेर मृत्यु भएको छ । आज दिउँसो भरतपुर महानगरपालिका–३ स्थित नारायणी नदीमा पौडी खेल्न गएका उनीहरूको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा भरतपुर महानगरपालिका–७ विकास चोक घर भएका १० वर्षीय बिदान गौतम रहेका छन् ।
अर्का अन्दाजी ११–१२ वर्षीय बालकको परिचय खुल्न सकेको छैन । स्थानीयवासीले डुबेको अवस्थामा फेला पारी उद्धार गरी भरतपुर अस्पताल ल्याएका थिए । भरतपुर अस्पतालमा उपचारका क्रममा उनीहरुको मृत्यु भएको हो । उनीहरु नदी किनारमा जमेको पानीमा पौडी खेल्ने क्रममा डुबेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चारदेशीय टी–२० आई सिरिजः उपाधिको लागि नेपाल र कुवेत भिड्दै
-
बाँकेको पाँच स्थानीय तहमा छैनन् दमकल
-
गभारोले रित्तै सुपारीका बोट, उत्पादन र मूल्य दुवै घट्यो
-
संविधानको पूर्ण कार्यान्वयन हुन जरुरी छ : झक्कुप्रसाद सुवेदी
-
बागमतीमा प्रभावकारी बन्दै ‘विद्यालय नर्स’ कार्यक्रम
-
खानेपानी सञ्चित गर्न ट्याङ्की वितरण