शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

पार्टी ठुलो बनाउने नाममा धेरै गल्ती भए अब त्यस्तो हुन्न : कमल थापा

बिहीबार, १९ फागुन २०७८, २१ : १०
बिहीबार, १९ फागुन २०७८

राप्रपा नेपालका अध्यक्ष कमल थापाले विगतका त्रुटी, कमी कमजोरीहरूलाई सच्याएर पार्टीलाई सशक्त रुपमा अगाडि बढाउने बताएका छन् । राप्रपा नेपाल निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन नेपालको घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले सो कुरा बताएका हुन् ।

अध्यक्ष थापाले २०७३ सालपछि पार्टीलाई ठूलो बनाउने नाममा धेरै गल्तीहरु भएकोले अब त्यस्ता गल्तीबाट पाठ सिकेर पुनर्जागृत राप्रपा नेपाललाई सुदृढ बनाएर लैजाने अठोट गरे । सम्बर्द्धनवाद, सुशासन र समृद्धिको मुख्य एजेन्डा लिएर पार्टी अगाडि जाने बताउँदै थापाले परिवर्तन पश्चात्  मुलुक त्रुटिपूर्ण मार्ग चित्रबाट जबर्जस्ती अगाडि बढाइएकोले संकटको दलदलमा भासिएको बताए । 

थापाले राप्रविसंघका नेता तथा कार्यकर्तालाई शिक्षा क्षेत्रमा भएको विकृति विसंगतिको अन्त्यका निमित्त सक्रियतापूर्वक भूमिका खेल्न आग्रह गरे । कार्यक्रममा राप्रपा नेपालका नेताहरु राजाराम बर्तौला, लाक्पा लामा, ममता राई, उज्ज्वल पोखरेल, नगेन्द्र देउजा, सुजन अधिकारी, लक्ष्मण कँडेल, विद्यार्थी नेताहरु कमल बम , शशी भण्डारी ,दिपेश शाह, राजु गैरे, त्रिबिक्रम सिंह लगायतले बोलेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप