बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

२४ घण्टामा थप १०५ जनामा कोरोना सङ्क्रमण पुष्टि

बिहीबार, १९ फागुन २०७८, २० : ४३
बिहीबार, १९ फागुन २०७८

पछिल्लो २४ घण्टामा थप १०५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सो अवधिमा दुई हजार ४४८ जनाको पिसीआर परीक्षण गर्दा ७० जना र दुई हजार ४७६ जनाको एन्टिजेन परीक्षण गर्दा ३५ गरी सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । 

काठमाडौँमा १८, भक्तपुरमा दुई र ललितपुरमा पाँच  गरी काठमाडौँ उपत्यकामा २५ कोभिड सङ्क्रमित थपिएका छन् । योसँगै काठमाडौँ उपत्यकामा सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार २९० पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ३२० कोरोना सङ्क्रमणमुक्त भएका छन । त्यसैगरी हाल सात हजार ५१७ सक्रिय सङ्क्रमित रहेका छन् । तीमध्ये सात हजार ३४९ होम आइसोलेशनमा रहेका छन् भने १६८ जना संस्थागत आइसोलेशनमा रहेका छन् ।

कोरोनाका बिरामीमध्ये ६१ आइसीयु र नौ जना भेन्टिलेटरमा उपचाररत छन् । हालसम्म नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ११ लाख १६ हजार ७६१ रहेको छ । नौ लाख ५७ हजार ८०८ सङ्क्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा तीनको मृत्यु भएसँगै नेपालमा मृत्यु हुनेको सङ्ख्या ११ हजार ९४३ पुगेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप