वैशाख ३० मा विगतलाई समीक्षा गरेर मतदान गरौँ : महामन्त्री शर्मा
नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उमेर पुगेका प्रत्येक व्यक्तिलाई मतदानमा सहभागी हुन आह्वान गरेका छन् । मध्यपुरथिमि–४ बालकुमारीमा बिहीबार काँग्रेसले आयोजना गरेको प्रथम नगर सम्मेलनको उद्घाटन गर्दै उनले राजनीतिदेखि बिरक्तिएर भोट हाल्न जान्न भन्ने मानसिकता नराख्न युवालाई आग्रह गरे ।
“म एक जनाले भोट नदिएर के हुन्छ र रु जसलाई भोट दिए पनि यस्तै हो, म भोट दिन जान्न भन्ने सोचाइ पहिलोपटक भोट हाल्न जाने युवा वर्गमा आउन सक्छ”, महामन्त्री शर्माले भने, “जस्तोसुकै अवस्था आए पनि मतदान गर्ने अधिकार प्रयोग गर्नुस्, तर मतदान गर्ने बेलामा एकपटक गम्भीर भएर सोच्नुस्, यसअघिको सरकारको समीक्षा गर्नुस्, अहिले काँग्रेस सरकार आएपछिको पनि समीक्षा गर्नुस्, मतदान गर्नुस् ।”
पाँच वर्षका लागि चुनाव जितेको नेकपाले सरकार चलाउँदा केपी शर्मा ओलीले अब ५० वर्ष नेकपाको सरकार भन्ने तर तीन वर्ष पनि सरकार चलाउन नसक्ने भन्दै उनले ओलीले अहिले पनि दादागिरी प्रस्तुत गरेको टिप्पणी गरे ।
नेकपाकै सरकार रहेको बेलामा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले बूढानीलकण्ठमा गएर सरकार बुझाएपछि देशका लागि काँग्रेसले सरकारको नेतृत्व गर्नुपरेको उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहलगाममा आतंकवादी हमला : राष्ट्रपति पौडेलद्वारा गहिरो दुःख व्यक्त
-
पहलगाममा आतंकवादी आक्रमण : साउदीको भ्रमण छोट्याएर भारत फर्किए मोदी
-
भारत प्रस्थान गर्नुअघि धवलले भने–मनपरितन्त्रको विरुद्धमा हुने आन्दोलन कुनै हालतमा रोकिँदैन
-
सामुदायिक स्कुलका विद्यार्थी घरमै छन्, निजीका पढ्न जान थाले
-
केयूमा पहिलोपटक खेलकुद महोत्सव, देशैभरका क्याम्पसबाट पाँच हजार विद्यार्थी सहभागी
-
पूर्वप्रहरी महानिरीक्षक थापाको निधन