पोखरामा चक्कु प्रहार गरी हत्या गरेको आरोपमा २ जना पक्राउ
बिहीबार, १९ फागुन २०७८, १७ : ४८

पोखरा महानगरपालिका–२० मौजा बस्ने ३५ वर्षीय चोकेन्द्र गुरुङलाई धारिलो हतियार चक्कु प्रहार गरी हत्या गरेको आरोपमा २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका–२० लामडाँडा बस्ने २९ वर्षीय प्रकाश गुरुङ र २५ वर्षीय निशान गुरुङ रहेका छन् ।
उनीहरूले चक्कु प्रहार गर्दा गम्भीर घाइते भएका चोकेन्द्रको मणिपाल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त घटना भएको खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बगर र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले दुवै जनालाई पोखरा महानगरपालिका–१३ आर्वा बगरबोटबाट पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भ्रष्टाचारीहरू सरकारबाट संरक्षित छन् : एकीकृत समाजवादी
-
खाँदबारी–किमाथाङ्का सडक सुक्खा पहिरोले अवरुद्ध
-
ब्रिटिस लाहुरे बन्ने सपना थियो, समयले खेलाडी बनायो
-
समीकरण यस्तो भए अझै पनि सेमिफाइनलमा पुग्न सक्छ पाकिस्तान
-
उखान सुनाउँदै संसद्मा पौडेलले उठाए कुलमानको विषय
-
एमसीसी कहिल्यै ठिक भनेका थिएनौ : घनश्याम भुसाल