बिहीबार, १० माघ २०८१
ताजा लोकप्रिय

झापा गोल्डकपको तयारी पूरा

बिहीबार, १९ फागुन २०७८, १७ : २०
बिहीबार, १९ फागुन २०७८

मोफसलको प्रतिष्ठित झापा गोल्डकपको पाँचौं संस्करण २१ फागुनदेखि हुने भएको छ । गोल्डकपका लागि सम्पूर्ण तयारी पूरा भएको आयोजक झापा गोल्डकप आयोजक समितिले जनाएको छ । प्रतियोगिता बिर्तामोडस्थित डोमलाल राजवंशी रंगशालामा हुनेछ । 

कोरोना महामारीले दुई वर्ष रोकिएर  शनिबारदेखि हुने प्रतियोगिताको तयारी सकिएको आयोजकले बिहीबार पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो  । प्रतियोगितामा भारतको दार्जिलिङको एम एफसी र सिक्किमको आरपी एफसीको सहित साविक त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, थ्री स्टार क्लब, संकटा क्लब, झापा-११ फुटबल क्लब, एपिएफ फुटबल क्लब, जावलाखेल युथ क्लब र सातदोबाटो युथ क्लब सहभागी हुने आयोजकले जनाएको छ ।  

झापा गोल्डकपको विजेताले १२ लाख ५५ हजार पाउनेछन् ।  उप विजेताले ६ लाख पाँच हजार रुपैयाँ नगद प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको ‘मस्ट भ्यालुएवल प्लेयर’ले एक थान मोटर साइकल पाउनेछ । यस्तै, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकलाई नगर २१ हजार रुपैयाँ दिइने आयोजकले जनाएको छ । 

प्रतियोगिताको सर्वाधिक गोलकर्ताले नगद २५ हजार पाउनेछन् । प्रत्येक खेलको म्यान अफ दि म्याचलाई नगद नौ हजार ९९९ रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ । पाँचौं संस्करणको यो गोल्डकपमा नेपाल आइस बियरले मुख्य प्रायोजन गर्नेछ । 

प्रतियोगिताका लागि १२ हजार दर्शक अँट्ने प्याराफिट निर्माण गरेको छ । प्रतियोगिता सम्पन्न गर्ने एक करोड ४० लाख रूपैयाँ खर्च लाग्ने अनुमान गरिएको आयोजक समिति अध्यक्ष विनोद बस्नेतले बताए । पाँचौं संस्करणको गोल्डकपको उद्घाटन पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र समापन कांग्रेस नेता कृष्ण सिटौलाले गर्ने अध्यक्ष बस्नेतले बताए ।  न्युज कारखाना  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप