नोबेल मेडिकल कलेजका विद्यार्थीहरुले सुरु गरे रिले अनसन
नोबेल मेडिकल कलेजका विद्यार्थीहरुले अन्य शिक्षण अस्पतालमा चढ्नको लागि स्थान्तान्तरणको माग राख्दै रिले अनसन सुरु गरेका छन् । बिहीबारदेखि काठमाडौंको माइतीघर मण्डलामा चिकित्सा शिक्षा आयोगले लिएको एकीकृत प्रवेश परीक्षाबाट योग्यता श्रेणीमा पास गरेर आयोगको नियमानुसार काठमाडौं विश्वविद्यालयमा भर्ना भई नोबेलमा एम.बि.बि.एस पढ्न विद्यार्थीले अनसन सुरु गरेका हुन् ।
नोबेल कलेजका १० विद्यार्थीहरुले सरकारले बनाएको नियम नमान्ने क्याम्पसबाट अन्य शिक्षण अस्पतालमा पढ्ने वातावरण सहित स्थानान्तरण गर्न सरकारसँग माग राख्दै रिले अनसन भोक हड्ताल तथा धर्ना सुरु गरेका हुन् ।
उनीहरुले विगत ८० दिनदेखि निरन्तर रुपमा अध्ययन शुल्क बाहेकको अन्य शुल्क हटाउन माग गर्दै आन्दोलन गरिरहेका छन् । विद्यार्थीहरुले मन्त्रीपरिषद्को निर्णय कार्यान्वयन गर्न, २०१५/१६ ब्याजका विद्यार्थी इटर्नसिपको व्यवस्थापन गर्न माग गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरको भीमफेदीमा ग्यास बुलेट दुर्घटना, सडक एकतर्फी
-
माओवादी निकट थारु राष्ट्रिय मुक्ति मोर्चा सम्मेलन हुँदै
-
महालक्ष्मी विकास बैंकद्वारा ‘महालक्ष्मी कल सेन्टर’को सुरुवात
-
किन गएनन् प्रधानमन्त्री ओली अख्तियारको कार्यक्रममा ?
-
जङ्गली बँदेल बस्तीमा पसेर बालीमा क्षति
-
इन्टरनेशनल लिग टी–२० : क्यारेबियन ब्याट्सम्यानहरु चम्किएपछि दुबई क्यापिटल्सले उपाधि उचाल्यो