परमाणु हतियारको प्रयोगको आशंकाबीच अब रुसका विदेशमन्त्रीले के भने ?
युक्रेनमाथि रुसको हमलाका बीच परमाणु हतियारको विषयमा बयानबाजी पनि तेज भएको थियो ।
अघिल्लो हप्ता रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले उनले आफ्नो परमाणु सेनालाई विशेष अलर्टमा राखेको बताएका थिए ।
एकदिन अघि मात्रै रुसका विदेशमन्त्री सर्गेई लावरोफले तेस्रो विश्वयुद्धको कुरा गरेका थिए र यदि यस्तो भएको खण्डमा यो परमाणु युद्ध हुने बताएका थिए ।
तर अब लावरोफले परमाणु युद्धबारे रुसले सोच्दा पनि नसोचेको र यो पश्चिमी देशको दिमागको उपज भएको बताएका छन् ।
लावरोफले पश्चिमी देशका नेताले नै परमाणु युद्धबारे कुरा गरिरहेको र यो उनीहरुको प्रोपोगान्डाको हिस्सा भएको आरोप लगाए ।
नेपोलियन र हिटलरसँग अमेरिकाको तुलनाः
Nuclear-war narrative used to put pressure on Western public – Lavrov
— RT (@RT_com) March 3, 2022
Russian Foreign Minister Sergey Lavrov set out his stance on the West’s nuclear-war narrative and the recent bans on Russian athletes pic.twitter.com/4sL8dFFcT2
यतिबेला उनले अमेरिकाको तुलना नेपोलियन र हिटलरसँग पनि गरे । उनले भने, ‘पहिलाको समयमा नेपोलियन र हिटलरको उद्देश्य युरोपलाई आफ्नो अधिनमा गर्नु थियो अब अमेरिकाले यस्तो गरिरहेको छ ।’
लावरोफका अनुसार नर्डस्ट्रिम टु ग्यास पाइपलाइनलाई रद्द गर्नु युरोपेली संघको स्थानलाई देखाउँछ । यसले यस्तो निर्णयको पछाडि अमेरिकाको हात भएको उनले बताएका छन् ।
रुसको सरकारी च्यानललाई दिएको अन्तरवार्तामा लावरोफले केही विदेशी नेता रुसविरुद्ध युद्धको तयारी गरिरहेको र अब युक्रेनमा रुस आफ्नो सैन्य अभियानलाई अन्तसम्म जारी राख्ने बताएका छन् ।
उनले जेलेन्स्कीमाथि नाजीवाद फैलाएको आरोप पनि लगाए । रुसको दाबीलाई दोहोराउँदै लावरोफले भने, ‘युक्रेनको सरकार नियो–नाजी शासन हो र उसले थुप्रै शहर–इलाकामा लुट मच्चाइरहेको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
-
आज दोस्रो क्वालिफायर : हारले घाइते जनकपुर र जितले उत्साहित कर्णालीबिच ‘गर या मर’ को भिडन्त
-
लिभरपुल, आर्सनल र न्यूक्यासल काराबाओ कपको सेमीफाइनलमा
-
आज कसलाई कति शुभ ? हेर्नुहोस् राशिफल