९० करोडको मालिक श्रद्धा
![९० करोडको मालिक श्रद्धा](https://rpcdn.ratopati.com/media/albums/sradda_LwXW0bs0Es.jpg)
बलिउड अभिनेत्री श्रद्धा कपुरको आज ३५ औ जन्म दिन हो । उनको जन्म १९८७ को मार्च ३ मा भएको थियो । श्रद्धा प्रख्यात अभिनेता शक्ति कपुर र गायिका शिवांगी कपुरको छोरी हुन् ।
कयौँ फिल्ममा काम गरिसकेकी श्रद्धाको गायनमा पनि शोख छ । अभिनेत्रीले एक भिलेन, आशिकी २ र छिटोरे जस्ता सुपरहिट फिल्ममा काम गरिसकेकी छन् । वरुण धमन सानो छँदा श्रद्धालाई चिरकुट भनेर बोलाउँथे । उनले अभिनयका लागि पढाइ छोडेकी थिइन् । उनको प्राथमिक शिक्षा जमनाबाय नर्सी स्कूल र अमेरिकन स्कुल अफ बम्बेबाट भएको थियो ।
त्यहाँ उनको साथी अथिया सेट्टी र टाइगर श्राफ थिए । स्कुलको पढाइ सकिएपछि श्रद्धा मनोविज्ञानमा स्तानकका लागि बोस्टन युनिभर्सिटी गइन् । तर पहिलो वर्षमै आफ्नो डेब्यू फिल्मका लागि उनले पढाइ छाडिन् ।
उनले २०१० मा अम्बिका हिन्दुजाको फिल्म तीन पत्नीबाट बलिउडमा डेब्यू गरेकी थिइन् । यो फिल्ममा अमिताभ बच्चन र आर माधवन थिए । सो यद्यपि फिल्मले बक्स अफिसम खासै कमाल देखाउन सकेन । पछि भने उनको फिल्म हिट हुँदै गयो ।
हाल उनले एउटा फिल्मको अभिनय गरेबापत ८ करोड रुपैयाँ पारिश्रमिक लिने गर्छिन् । हाल उनको सम्पत्ति ९० करोड रुपैयाँ छ । उनलाई फिल्म बाहेक विज्ञापन र मोडलिङबाट पनि मनग्य आम्दानी हुन्छ । कुनैबेला सलमान खानले स्कुलमा श्रद्धाको अभिनय ड्रामा देखेपछि उनलाई फिल्म लकीः नो टाइम फर लभ मा प्रस्ताव गरेका थिए । जसलाई उनले अस्वीकार गरेकी थिइन् । किनकी उनको त्यतिबेलाको उद्देश्य मनोविज्ञ बन्नु थियो । उक्त समयमा श्रद्धा केवल १६ वर्षकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपद् जोखिम न्यूनीकरणद्वारा आगलागीबाट जोगिन आग्रह
-
सन नेपाल लाइफ इन्स्योरेन्सले पायो अन्तर्राष्ट्रिय अवार्ड
-
दार्चुलामा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको उद्घाटन
-
पाण्डेद्वारा दक्षिण अमेरिकी महादेशको उच्च शिखरको सफल आरोहण
-
ओली नेतृत्वको सरकार बिचौलियाको सेवामा लागेको छ : प्रभु साह
-
श्रमजीवी पत्रकार संघद्वारा आन्दोलन घोषणा