मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

बैतडीमा थपिए २५ हजार मतदाता

बिहीबार, १९ फागुन २०७८, १४ : ०६
बिहीबार, १९ फागुन २०७८

जिल्लामा करिब २५ हजार मतदाता थपिएका  छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार २४ हजार ६४९ मतदाता थपिएका हुन् । वि.सं २०७४ को स्थानीय तहको निर्वाचनका बेला एक लाख २५ हजार ३१९ मतदाता रहेकामा हाल त्यो सङ्ख्या बढेर एक लाख ४९ हजार ९६८ पुगेको हो ।  

सदरमुकामस्थित दशरथचन्द नगरपालिकामा सबैभन्दा बढी २२ हजार १६८ मतदाता रहेका कार्यालय प्रमुख माधव फुयाँलले जानकारी दिए । यस्तै पुर्चौडी नगरपालिकामा २१ हजार ७८, पाटन नगरपालिकामा १९ हजार ९९९ र मेलौली नगरपालिकामा १३ हजार ६९३ मतदाता छन् ।  

जिल्लाको दोगडाकेदार गाउँपालिकामा १४ हजार ९४७, डिलाशैनी गाउँपालिकामा १३ हजार ३३०, सिगास गाउँपालिकामा १२ हजार १८७, सुर्नया गाउँपालिकामा ११ हजार ४३४, पञ्चेश्वर गाउँपालिकामा ११ हजार २२२ र शिवनाथ गाउँपालिकामा नौ हजार ९१० मतदाता रहेका जनाइएको छ । ती मतदाताले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मतदान गर्न पाउनेछन् । 

गत माघ २४ गते स्थानीय तहको निर्वाचनको मिति घोषणा भएसँगै फोटोसहितको मतदाता नामावली सङ्कलनको काम पनि स्थगित भएको छ । जिल्लामा एक लाख ५३ हजार ३८० जनाले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराए  पनि तीन हजार ४१२ जना १८ वर्ष मुनिका रहेका छन् ।

सोह्र वर्ष पूरा भएका र नागरिकता प्राप्त गरेकाले फोटोसहितको नामावली मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराउन पाउछन्  तर मतदान गर्न भने मतदाता नामावलीमा नाम दर्ता गराएको र १८ वर्ष पूरा भएको हुनुपर्दछ । स्थानीय तह निर्वाचनका लागि जिल्लाभरि १२९ मतदानस्थल तोकिएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप