मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय

युक्रेन–रुस युद्ध : के हो भ्याक्युम बम ? कत्तिको खतरनाक छ ?

बिहीबार, १९ फागुन २०७८, १३ : ०१
बिहीबार, १९ फागुन २०७८

रुस र युक्रेनबीच विगत सात दिनदेखि जारी युद्ध थप चर्किने संकेत देखिइरहेको छ । बुधबार साँझ रुसले यो युद्धमा हालसम्म ४९८ सैनिकको मृत्यु हुनुका साथै १५९७ सैनिक घाइते भएको जनाएको छ । यसैगरी युुक्रेनका अधिकारीले रुसी हमलाबाट आफ्ना २००० भन्दा बढी नागरिक मारिएको दावी गरेका छन् । युक्रेनको शहर मारियुपोलसहित अन्य शहरमा दुवै पक्षबीच भीषण लडाइँ जारीनै छ ।

तर यी सबकाबीच रुसमाथि थर्मोबेरिक हतियार प्रयोग गरेको आरोप लागेको  छ ।  यो हतियारलाई भ्याक्युम बम भनिन्छ । विश्वभरीमा भ्याक्युम बमको प्रयोगमा विवाद उठिरहेको छ । किनकी यो समान आकारको परम्परागत बमको अपेक्षा भन्दा धेरै खतरनाक हुन्छ ।

कसरी काम गर्छ भ्याकुम बमले ?
भ्याक्युम बमलाई एयरोसोल बम पनि भनिन्छ । यसका साथै यसलाई फ्यूल एयर विष्फोटक पनि भनिन्छ । किनकी यस बममा एक फ्यूल कन्टेनर हुन्छ, जसमा दुई फरक विष्फोटक चार्ज राखिएको हुन्छ । यसलाई एक रकेट वा विमानको रुपमा छोड्न सकिन्छ । जब यो बम आफ्नो निशानामा पुुग्छ, पहिलो विष्फोटमा इन्धन कन्टेनर खुलेर आसपासको क्षेत्रमा इन्(धनलाई पैmलाएर एक बादलको अवस्था सिर्जना गर्छ । यो पुरै रुपमा सिल नगरिएका भवनमा बादलको रुपमा प्रवेश गर्छ । यसपछि  दोस्रो विष्फोटमा बा(दलमा आगो लाग्छ र यसबाट आगोको एक ठूलो गोला पैदा हुन्छ । यसबाट एक भारी विष्फोट वेभको जन्म हुन्छ, जसले आसपासको सबै अक्सिजन सोस्छ । यो बमबाट सैन्य साज–सामानको विषयलाई लिएर तयार गरिएको हो । 

यसबाट कयौँ बलिया भवन भत्कन सक्छन् र मानिसको मृत्यु हुन सक्छ । यी हतियारलाई फरक –फरक उद्देश्यका लागि प्रयोग गरिन्छ । यो फरक–फरक आकारमा बनाइन्छ ।

सबैभन्दा ठूलो गैरपरमाणुु बम
यसका साथै हावामा मार हान्ने विशाल आकारको भ्याक्युम बम पनि बनाइएको छ । जसमा गुफा र सुरुङमा लुकेका मानिसलाई निशाना बनाउन सकिन्छ । बन्द क्षेत्रमा यो बमको आकार सबैभन्दा धेरै घातक हुन्छ ।
२००३ मा अमेरिकाले ९८०० किलोग्रामको बम परीक्षण गरेको थियो । जसलाई ‘मदर अफ अल बम’को नाम दिइएको थियो । यसको ४ वर्षपछि रुसले पनि यस्तै बम तयार गरेको थियो । जसलाई ‘फादर अफ अल बम’को नाम दिइएको थियो ।

यो बमबाट ४४ टनको पारम्परिक बम जत्तिको ठूलो धमाका भयो र यसका साथै यो विश्वकै सर्वाधिक घातक गैरपरमाणु हतियार बन्यो । ठूला–ठूला भवन वा बंकरमा लुकेका पक्षको बिरुद्धमा यसको उपयोगिता देखेरनै भ्याकुम बमको प्रयोग मुख्य रुपमा शहरी वातावरणमा गरिन्छ । 

अमेरिकास्थित  युक्रेनी राजदूत ओक्साना मारकारोभले रुसमाथि भ्याकुम बमको प्रयोग गरेको आरोप लगाएकी छन् । तर हालसम्म पनि यो दावीको आधिकारिक पुष्टि भएको छैन । यद्यपि विगतका केही दिनमा युक्रेनमा थर्मोबेरिक बम लन्च गर्ने रकेट लन्चर देखिएको थियो ।

भ्याक्युम बम प्रयोग गर्ने नियम के छ ?
हालसम्म पनि यो बम प्रयोग नगर्न कुनैपनि अन्तर्राष्ट्रिय कानुन बनाइएको छैन । तर कुनै देशले यी बमको प्रयोग आवासीय क्षेत्र, स्कुल वा अस्पतालमा गरेमा यस मामिलामा १८९९ र १९०७ को हेग महासभाका अनुसार युद्ध अपराधको मुद्धा चलाउन सकिन्छ । ‘इन्टरनेशलन क्रिमिनल कोर्ट प्रोसिक्युुटर’ करिम खानले आफ्नो अदालत युक्रेनमा सम्भावित युद्ध अपराधको मामिलामा जाँच गर्ने बताएकी छन् ।

यो भन्दा पहिले कहाँ प्रयोग भएको थियो भ्याकुम बम ?
यो बमको प्रयोग दोस्रो विश्व युुद्धको समयमा जर्मन सेनाले प्रयोग गरेको थियो । तर यो बमलाई १९६० सम्म व्यापक रुपमा विकसित गरिएको थियो । अमेरिकाले पनि भियतनाम युद्धमा यो बमको प्रयोग गरेको थियो ।
यसपछि अमेरिकाले अफगानिस्तानमा २००१ मा तोरोबोराको पहाडि क्षेत्रमा लुकेका अल कायदालाई निशाना बनाउन र २०१७ मा इस्लामिक स्टेटको लडाकुको बिरुद्धमा प्रयोग गरेको थियो । रुसले यो बमको प्रयोग १९९९ मा चेचन्या युद्धको समयमा पनि गरेको थियो र मानव अधिकार वाचले यो कदमको निन्दा गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप