सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

युक्रेनमाथि रुसी आक्रमणको एक साता

बिहीबार, १९ फागुन २०७८, १२ : ४६
बिहीबार, १९ फागुन २०७८


रुसले युक्रेनमाथि आक्रमण गरेको एक साता पूरा भएको छ । पछिल्ला घटनाक्रमले यो आक्रमण रोकिने संकेत देखिएको छैन । पश्चिमा मुलुकहरुले प्रतिबन्ध लगाए पनि रुसले युक्रेनमाथि आक्रमण गर्न रोकेको छैन । गत बिहीबारदेखि रुसले युक्रेनका ठूला शहरहरुमा निरन्तर आक्रमण गरिरहेको छ । जसले गर्दा हिंसा भड्किएको छ । रुसी आक्रमणका कारण लाखौं युक्रेनी जनताहरु सुरक्षाका लागि देश छोडेर जान बाध्य भएका छन् । युक्रेनको राजधानी किभमा पनि ठूलो संख्यामा रुसी सेना प्रवेश गरेको युक्रेनका अधिकारीहरुले बताएका छन् । 
 
रुसी आक्रमण सुरु भएपछि एक साताको अवधिमा कहाँ के–के भयो त ? 
 
फेब्रुअरी २१ः
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले लुहान्स्क र डोनेत्स्कलाई दुई पृथक राज्यको मान्यता दिइसकेका छन् । अन्य रुसी सेनाले त्यहाँ ‘शान्ति पालक’को भूमिका निर्वाह गरिरहेको बताइएको छ । अमेरिकाले यी क्षेत्रमा लगानी प्रतिबन्ध लगाएको छ । यसैबीच युक्रेनी राष्ट्रपति भोलोदमिर जेलेन्स्कीले शान्त रहनका लागि आग्रह गरेका छन् । उनले आफू कसैसँग र केहीसँग पनि नडराएको उनले बताएका छन् ।

फेब्रुअरी २२ः रुसको संसदले पुटिनलाई देश बाहिर सैन्य बल प्रयोग गर्न अनुमति दिएको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङकेनले रुसी समकक्षी सर्गेई लाभरोभसँगको भेटघाट रद्ध गरेका छन् । अमेरिकाले क्रेमलिनको नियन्त्रणमा रहेको भीईबी बैंक र पीएसबी बैंकमाथि प्रतिबन्ध लगाएको छ । जर्मनीले पनि तत्कालै नर्ड स्ट्रिम–२ लाई प्रमाणिकरण गर्ने प्रक्रिया रोकेको छ । यो रुसी स्वामित्वको पाइपलाइनले रुसी ग्यास जर्मनीमा पु¥याउने योजना बनाएको छ ।

फेब्रुअरी २३ः युक्रेनले देशव्यापी आपतकालीन अवस्थाको घोषणा गरेको छ । युरोपेली संघले ३५१ डुमाका सदस्यहरुको सम्पत्ति रोक्का गरेको छ । उनीहरुलाई कर्जा र यात्राका लागि प्रतिबन्ध लगाइएको छ ।

फेब्रुअरी २४ः रुसले युक्रेनमा पूर्ण आकारको आक्रमण गरेको छ । जेलेन्स्कीले आफ्नो मुलुकको रक्षा गर्न आतुर जनतालाई अगाडि बढ्नका लागि समेत आग्रह गरेका छन् । अमेरिकाले पाँच थप रुसी बैंकमाथि अमेरिकी वित्तीय प्रणालीबाट अवरोध गरेको छ भने पाँच बैंक मध्ये ४ बैंकको सम्पत्ति रोक्का गरेको छ ।

फेब्रुअरी २५ः रुसी बलले युक्रेनी राजधानी किभतर्फ दबाब दिँदै आएको छ । यो दिनसम्म मस्कोको अतिक्रमणका कारण ५०,००० भन्दा बढी मानिस शरणार्थीको रुपमा बाहिरिसकेका थिए । युुरोपेली संघले पनि पुटिन र लाभरोभलाई व्यक्तिगत प्रतिबन्धको सूचीमा समावेश गरिसकेको छ । बिनासर्त आफ्नो सेना युक्रेनबाट फर्काउन गरेको सुरक्षा परिषदको प्रस्तावप्रति रुसले भिटो प्रयोग गरेर असफल बनाइदिएको छ ।

फेब्रुअरी २६ः किभका मेयरले युक्रेनको राजधानीमा कफ्र्यू लागू गरेका छन् । रुसी सेना शहरतर्फ आएकाले उनले यस किसिमको निर्णय गरेका हुन् । लडाईँका कारण १ लाख मानिसले सीमा पार गरेको पोल्यान्डले जनाएको छ । युरोपेली संघर्ले संचितिमा रहेको ६ खर्ब ३० करोड डलर रुसको केन्द्रीय बैंकले प्रयोग गर्न नपाउने गरी मापन ल्याउने बताएको छ ।

फेब्रुअरी २७ः युरोपेली आयोगका प्रमुख उर्सुला भोन डर लेयनेले रुसी एयरक्राफ्टलाई ईयूको हवाई क्षेत्रबाट प्रतिबन्ध लगाउने घोषणा गरेकी छन् ।
फेब्रुअरी २८ः विशाल सांकेतिक कदमको रुपमा युक्रेनले ईयूमा आवद्ध हुनका लागि आवेदन गरेको छ । रुस र युक्रेनले बेलारुसको सीमामा पहिलो चरणको युद्ध बिरामको वार्ता आयोजना गरेका छन् । पाँच घन्टाको वार्तामा उनीहरु सहमतीमा पुुग्न सकेनन् ।

मार्च १ः  किभ शहरको बाहिरी क्षेत्रमा एक ६५ किलोमीटर लामो रुसी सेनाको लावा लस्कर लागेको थियो । पूर्वमा खारकिभ र मारिपोल र देशको दक्षिणी भाग खेरसनमा पनि दबाब बढाइएको छ । एक रुसी क्षेप्यास्त्र आक्रमणले खारकिभ प्रशासनिक भवनको अगाडि आक्रमण गरेको छ । यो आक्रमणले भवनको छानो उडाएको र आगो समेत लागेको थियो । जेलेन्स्कीले यो आक्रमणलाई खुलमखुला आतंकवाद भएको बताएका छन् ।

मार्च २ः संयुुक्त राष्ट्र संघीय महासभाले युक्रेनमाथिको आक्रमणप्रति दुःख व्यक्त गरेको छ र तत्काल युक्रेनबाट रुसी सेना फिर्ता हुनुपर्ने  पक्षको स्वीकृति दिएको छ । यो रिजोलुुसनलाई १९३ सदस्य मध्ये १४१ ले समर्थन गरेका थिए । चीन सहितका ३५ सदस्य अनुपस्थित भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप