गठबन्धनको समीक्षा : स्थानीय तहको निर्वाचनमा सकेसम्म मिलेर जाने
सत्ता गठबन्धनको बैठकले आफ्नो कामको समीक्षा गरेको छ । बिहीबार विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले अहिलेसम्मका काम कारबाहीको समीक्षा गरेको हो । बैठकपछि जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र रातोपाटीलाई बताए । उनले भने, ‘अहिलेसम्म गरेका कामलाई उपलब्धि मान्नुपर्छ । एमसीसी पास भएको छ ।’
सत्ता गठबन्धनले घोषणा गरेको साझा न्युनतम कार्यक्रमलाई कार्यन्वयन केन्द्रित हुनुपर्ने बैठकले निर्णय गरेको यादवले बताए । ‘जनतालाई राहत दिने र समग्र अर्थतन्त्र उकालो लाग्नुपर्यो भन्ने कुरामाथि छलफल भएको हो,’ उनले भने । यस्तै वैशाख ३० मा हुनेमा स्थानीय तहको चुनावमा सकेसम्म मिलेर जाने निर्णय भएको बताए ।
‘स्थानीय तहको निर्वाचनमा सकेसम्म मिलेर जानेमा गठबन्धनभित्र एक मत छ,’ यादवले भने, ‘स्थानीय तहको सबै ठाउँमा गठबन्धन गरेर जान सकिने अवस्था छैन । तर सिकेको ठाउँमा मिलेर जाऊ भन्नेमा हामी सबै सहमत छौं ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
-
परीक्षामा जफत गरिएका मोबाइल नष्ट प्रकरण : अभिभावकले जनाए आपत्ति
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण