बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

युक्रेन संकट : पछिल्ला केही घण्टामा के के भए ?

बिहीबार, १९ फागुन २०७८, १० : ३३
बिहीबार, १९ फागुन २०७८

युक्रेनमाथि रुसको हमलाको आज आठौँ दिन हो । पछिल्ला केही घण्टामा के कति भए त्यसमाथि एक नजरः

– युक्रेनको राजधानी किभमा पछिल्लो केही घण्टामा अत्यधिक मात्रामा बिस्फोट भएका छन् । सोसल मिडियामा बिस्फोटका थुप्रै्र फुटेज भाइरल भइरहेको छन् ।

– हेगस्थित अन्तरराष्ट्रिय आपराधिक न्यायालयले युक्रेनमाथि रुसको कथित युद्ध अपराधको अनुसन्धान सुरु गरेको छ ।

– संयुक्त राष्ट्रका अनुसार रुसको हमलाको कारण युक्रेनबाट पलायन हुने शरणार्थीको संख्या १० लाखसम्म पुगेको छ ।

 – युक्रेनका राष्ट्रपति वोलोदिमिर जेलेन्स्कीले बुधबार राती देशका नागरिकको नाममा एउटा नयाँ भिडियो सन्देश जारी गरेका छन् । जेलेन्स्कीले जनतालाई ‘रुसका आक्रमकणकारी’ विरुद्ध लडिरहन आह्वान गरेका छन् ।

– अमेरिकी अधिकारीका अनुसार रुसको करिब ६० किलोमिटरको बख्तरबन्द लस्कर किभको बाटोमा फसेको छ ।

– रुसी सैनिकले बन्दरगाह शहर मारियुपोल र खेरसोनलाई घेरेका छन् ।

– खेरसोनका मेयरले दक्षिणी युक्रेनको शहर रुसी सैन्यबलको नियन्त्रणमा आएको बताएका छन् । उनले लेखेका छन्, ‘हामीले सैनिकलाई यो शहरमा युक्रेनको सैन्यबल उपस्थित नभएको र यो स्थानमा अब यहाँ नै बस्न चाहने नागरिकमात्रै छन् भन्ने जानकारी दिइसकिएको छ ।’

– युक्रेनको उत्तरी शहर चेर्निहाइवमा एक अस्पतालमा दुई क्रुज मिसाइलमार्फत् हमला गरिएको खबर छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप