शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

एनएसएल अक्सन : ए डिभिजनका ८ क्लबको आपत्ति

बिहीबार, १९ फागुन २०७८, ०८ : २५
बिहीबार, १९ फागुन २०७८

सहिद स्मारक ए डिभिजन लिगका आठ क्लबले शुक्रबार हुन लागेको आसन्न नेपाल सुपर लिग (एनएसएल) को विरोध गरेका छन् ।  

यसअघि पनि खेलाडीहरुको उपलब्धतालाई लिएर विज्ञप्ती जारी गरेका क्लबले आफूहरुसँग सम्झौतामा रहेका खेलाडीलाई एनएसएलको अक्सनमा राखेको भन्दै एन्फाको गम्भीर ध्यानाकर्षण सहित आपत्ति जनाएका हुन् ।

विज्ञप्तीमा अखिल नेपाल फुटबल संघ ९एन्फा० ले आफूहरुको मागप्रति चासो नदेखाएको पनि उल्लेख गरेका छन् ।

ए डिभिजन लिगका आठ क्लबहरुले अक्सनका लागि एनएसएल आयोजकले आफूहरुसँग छलफल नगरेकाले छलफल हुनुपर्ने माग यधाशिघ्र सम्बोधन हुनुपर्ने माग गरेका छन् । यसो नभए यसबाट उत्पन्न हुने परिस्थितीको जिम्मेवार एन्फा नै हुने विज्ञप्तीमा उल्लेख छ । 

यस पटक एनएसएलमा १० क्लब रहनेछन्  । पहिलो संस्करणमा सात टोली रहँदा दोस्रो संस्करणमा तीन टोली थप गरिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप