भिजिट भिसामा थप कडाइ
भिजिट भिसामा तपाईं खाडी मुलुक र मलेसिया जाँदै हुनुहुन्छ। त्यसो हो भने तपाईंको बैंक खातामा ५ लाख नगद चाहिने भएको छ। यस्तै वार्षिक आम्दानी १० लाख हुनुपर्नेछ। भिजिट भिसा दुरुपयोग गर्दै तस्करले श्रम गन्तव्य मुलुकमा पुर्या‍एका नेपाली कामदार अलपत्र परेपछि सरकारले थप कडाइ गर्न लागेको हो।
भिजिट भिसा र सोबाट सिर्जित समस्या तथा समाधानका उपायहरू सम्बन्धमा सिफारिस गर्न सरकारले गत माघ ११ गते कार्यदल बनाएको थियो। उक्त कार्यदलले बुधबार गृहमन्त्री बालकृष्ण खाणलाई आफ्नो अध्ययन प्रतिवेदन बुझाएको छ।
चप्पल लगाएर पनि भिजिटका नाममा विदेशमा गई बिचल्ली पर्ने गरेको देखिएकाले यस्तो प्रावधान राखिएको गृह मन्त्रालयका प्रवक्ता एवं कार्यदल संयोजक फणीन्द्रमणि पोखरेलले बताए। ‘जतिसक्दो छिटो कार्यविधि बनाएर भिजिटमा जानेमाथि कडाइ हुन्छ’, प्रवक्ता पोखरेलले भने। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, अध्यागमन विभाग र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले छिट्टै कार्यविधि बनाउने भएका छन्।
भिजिट भिसामा खाडी मुलुक र मलेसिया जान अध्यागमन विभागबाट पूर्वस्वीकृति लिनुपर्ने प्रावधानसमेत राखिएको छ। वैदेशिक रोजगारमा श्रमस्वीकृति लिने प्रक्रिया झन्झटिलो भएकाले सेटिङमा भिजिटमा पठाएर गन्तव्य मुलुकमा श्रममा लगाउने गरिएको थियो। वैदेशिक रोजगार व्यवसायीले भिजिट एवं कुनै तरिकाबाट पठाएको पाइएमा उनीहरूको इजाजत खोसिने भएको छ। अनुमति नलिई भिजिट भिसामा वा अन्य तरिकाले विदेश पठाएको पाइएमा त्यस्ता संस्था र सञ्चालकलाई वैदेशिक रोजगार ऐन २०६४ को दफा ४४ बमोजिम कारबाही गर्न कार्यदलले सुझाएको छ। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिलोमा फुलेको फूल : बालबालिकाका लागि वरिष्ठ कलाकार ‘कान्छा कुमार’को कथा
-
तस्बिरमा यस्तो देखियो जनकपुरको जित, तस्बिरहरू
-
लागु औषधसहित विभिन्न स्थानबाट पाँच जना पक्राउ
-
लुम्बिनीमा एमाले–कांग्रेस संयन्त्र बैठक : के–के भए निर्णय ?
-
रौतहटमा उपनिर्वाचन : ३ वडामा सवारी साधन र आवागमनमा रोक
-
कोशी प्रदेशका सडकमा टाइम कार्ड सुरु, १५ स्थानमा चेकिङ हुने