आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

संसद भवन अगाडि बम राख्ने युवक पशुपति क्याम्पसका विद्यार्थी नेता

बुधबार, १८ फागुन २०७८, २१ : ४४
बुधबार, १८ फागुन २०७८

संसद भवनमा फागुन १६ मा बम राख्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ । काभ्रेको भुम्लु गाउँपालिकास्थित सिमथली घर भएका सुवास महतलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका एसएसपी बसन्त कुँवरले रातोपाटीलाई बताए ।

महत विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका (नेकपा)का विद्यार्थी नेता हुन । अनेरास्ववियु क्रान्तिकारी पशुपति क्याम्पस इकाइ समितिको अध्यक्ष रहेका महतसहित दुईजनाले मोटरसाइकलमा गएर प्रेसर कुकर बम राखेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

बम राख्न प्रयोग गरिएको प्रदेश–३–०२–०३० प ७०८५ नम्बरको मोटरसाइकल महाशाखाले बरामद गरेको छ । सिसिटिभी फुटेजबाट बम राख्न प्रयोग भएको मोटरसाइकल र महतले लगाएको कपडाबाट प्रहरीले उनको पहिचान गरेको थियो ।

बम राख्ने अर्का एकजना फरार छन् । गौरीघाट बस्दै आएका महतले कुकरमा कागज र प्लाष्टिक राखेर संसद भवन अगाडि छाडेको प्रहरीलाई बताएका छन् । 

 



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप