शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

युक्रेनका चर्चित खेलाडी पनि रुस विरुद्धको लडाइमा सहभागी

बुधबार, १८ फागुन २०७८, २१ : १९
बुधबार, १८ फागुन २०७८

युक्रेनका चर्चित खेलाडीहरू रुस विरुद्धको लडाइमा सक्रिय सहभागी भएका छन् ।  विश्व बक्सिङ च्याम्पियन, फुटबल स्टार, धेरै प्रतियोगितामा जित हासिल गरेको चर्चित तथा सक्रिय खेलाडीहरू रुस विरुद्धको लडाइमा सहभागी भएका हुन ।

बक्सिङ विश्व च्याम्पियन तथा किभका मेयर भिताली क्लीट्चकोले हतियार लिएर आफू पनि लडाइमा उत्रिन तयार रहेको बताए ।  “मैले धेरै हतियारहरू चलाउन जानेको छु, त्यो सीप र ज्ञानलाई म देशको रक्षाका लागि प्रयोग गर्न तयार छु,” उनले भने ।  अर्का पुराना खेलाडी ५० बर्षीया वलाडिमिरले पनि आफू स्वयंसेवी भएर देशका लागि लड्ने अठोट व्यक्त गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप