शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

गुल्मीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

बुधबार, १८ फागुन २०७८, २० : ४१
बुधबार, १८ फागुन २०७८

गुल्मीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको चन्द्रकोट गाउँपालिका–३ सालघारीकी २६ वर्षीय सरिता थापाको माछा मार्ने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार  मृतक थापालाई सोही स्थानमा रहेको हुग्दीखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर बेहोस अवस्थामा स्थानीयले फेला पारेका थिए। उनको अस्पताल ल्याउने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप