रेमिट्यान्सको सीमा घट्यो, प्रतिदिन २५ हजार पठाउन पाइने
बुधबार, १८ फागुन २०७८, २० : ३६

नेपाल राष्ट्र बैंकले आन्तरिक रकम स्थानान्तरण अर्थात् डोमेस्टिक रेमिट्यान्स ट्रान्सफरको सीमा घटाएको छ । बुधबार एक निर्देशन जारी गर्दै राष्ट्र बैंकले स्वदेशमा हुने सबैखाले आन्तरिक विप्रेषणको कारोबारको सीमा परिमार्जन गर्दै अधिकतम २५ हजार रुपैयाँ तोकेको हो ।
बैंकबाट स्वीकृति प्राप्त विप्रेषण कम्पनी तथा उक्त कम्पनीका सब–एजेण्ट वा सब रिप्रिजेन्टेटिभहरुले स्वदेशमा आन्तरिक विप्रेषणको कारोबार गर्दा प्रति व्यक्ति, प्रति कारोबार, प्रति दिन अधिकतम २५ हजार रुपैयाँसम्म गर्न पाउने बैंकले जनाएको छ । यसअघि यस्तो विप्रेषण कम्पनी तथा एजेन्टहरूले एक दिनमा एक लाख रुपैयाँसम्म गर्न पाउँथे ।
तर विदेशबाट नेपालस्थित सम्बन्धित व्यक्ति वा आफन्त (वेनिफिसियरी)लाई पठाएको विप्रेषण रकम नगदमै भुक्तानी गर्न सकिने सीमा भने पूर्ववत् रुपमा यथावत नै रहेको बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चेन्नईविरुद्धको खेल पञ्जाबको पञ्जामा, एकाएक चम्किए कप्तान अय्यर
-
१२ बजे, १२ समाचार : अभिनेत्री सुरक्षा पन्तको प्रतिरक्षा गर्दै राजावादीलाई प्रधानमन्त्रीको व्यंग्यदेखि धारामा पानी थापेको आरोपमा दलित युवतीमाथि कुटपिटसम्म
-
सरकार र शिक्षकबिच वार्ताको त्यो ७ घण्टा
-
युक्रेनले अमेरिकासँग छिट्टै खनिज सम्झौता गर्ने
-
सुरक्षाको बचाउ गर्दै प्रधानमन्त्रीले भने - राजावादीले कस्तो सहनै नसकेको होला
-
धारामा पानी थापेको आरोपमा युवतीमाथि कुटपिट