शुक्रबार, १४ असार २०८१
ताजा लोकप्रिय

भन्सार छली ल्याएका मोबाइल, घडीसहित एकजना पक्राउ

बुधबार, १८ फागुन २०७८, २० : १३
बुधबार, १८ फागुन २०७८

भन्सार छली अवैधरुपमा ल्याएका मोबाइल, घडीसहित एकजना भारतीय नागरिक पक्राउ परेका छन् । उनलाई बुधबार रौतहटबाट पक्राउ गरिएको प्रहरीले जनाएको हो । पक्राउ पर्नेमा भारत घर भएका २८ वर्षीय महम्द हसन रहेका छन् ।

भन्सार छली ल्याउँदै गरेको अवस्थामा एक लाख बराबरका चार मोबाइल र १४ वटा घडीसहित उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला भन्सार कार्यालयमा बुझाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप