भारतमा थपिए ७ हजार ५ सयभन्दा बढी कोरोना सङ्क्रमित
बुधबार, १८ फागुन २०७८, १८ : ०४
भारतमा पछिल्लो २४ घण्टामा सात हजार ५५४ नयाँ सङ्क्रमित भएका छन् । यसैसँगै भारतमा कोरोना सङ्क्रमितको कूल संख्या चार करोड २९ लाख ३८ हजार ५९९ पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बुधबार जानकारी दिएको छ ।
सोही अवधिमा कोरोना सङ्क्रमणको २२३ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको अधिकारीले जनाएका छन् । कोरोना शुरु भएबाट हालसम्म भारतमा कोरोनाबाट पाँच लाख १४ हजार २४६ जनाको मृत्यु भएको जनाइएको छ ।
भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या ८५ हजार ६८० रहेको सङ्घीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारतमा गत २४ घण्टामा १४ हजार १२३ जना कोरोना भाइरस सङ्क्रमण मुक्त भएका छन् । भारतमा कोरोना शुरु भएबाट हालसम्म चार करोड २३ लाख ३८ हजार ६७३ जना कोरोना मुक्त भएका समाचारमा जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा