अस्ट्रेलियामा बाढीका कारण ११ जनाको मृत्यु
अष्ट्रेलियाका पूर्वी राज्यहरुमा बाढी पहिरोबाट मृत्यु हुनेको सङ्ख्या बुधबार ११ पुगेको छ । न्यु साउथ वेल्सको प्रहरीले बुधबार उक्त राज्यमा बाढीका कारण तेस्रो व्यक्तिको मृत्यु भएको पुष्टि गरेको छ ।
बाढीका कारण राज्यकै सबैभन्दा बढी प्रभावित क्षेत्रमध्ये एक दक्षिण लिसमोरमा एक महिलाको शव भेटिएसँगै अष्ट्रेलियामा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ११ पुगेको हो । बाढीका कारण मृत्यु हुनेमध्ये आठ आठ व्यक्ति क्वीन्सल्यान्ड राज्यका रहेका प्रहरीले पुष्टि गरेको छ । यसबीच, शहरको मुख्य पानीको स्रोत, दक्षिण पश्चिम सिड्नीको वारागाम्बा बाँधलाई बाढीले बगाइदिएको छ ।
गत हप्तादेखि क्वीन्सल्यान्ड र उत्तरी न्यु साउथ वेल्सलाई अत्यधिक बर्षापछिको बाढीले तहसनहस गरिरहेको र उक्त क्रम यस हप्ता जारी रहने मोसम पूर्वानुमान कार्यालयहरूले जनाएका छन् ।
हन्टर र मेट्रोपोलिटन, इलवार्रा, दक्षिण तट र मध्य तथा दक्षिणी टेबलल्यान्ड्स जिल्लाका केही भागहरूमा भारी वर्षाद्वारा आउनसक्ने विपत्तिको पूर्वानुमान गरिएको छ ।
यी क्षेत्रहरूमा आगामी छ घण्टासम्ममा ८० देखि १२० मिलिमिटरसम्म वर्षा हुने सम्भावना रहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बैंकर्सलाई गभर्नरको सहानुभूतिपूर्ण सन्देश, ‘हिजो ध्यान दिएको भए आजको अवस्था आउँदैनथ्यो’
-
धनगढीमा ‘बजाज प्लाटिनाको माइलेज च्याम्पियन’ हुने
-
नेपालीले एकदिनमा कति खान्छन् राँगा र भैँसीको मासु ?
-
निकुञ्ज सम्बन्धी नीति प्रमाणमा आधारित रहेर बनाउन प्रतिष्ठानको सुझाव
-
विदेशमा सिकेको सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न मन्त्री भण्डारीको आग्रह
-
घनश्यामको प्रस्तावमा माधवको कैँची, कार्यविभाजनले असन्तुष्टि सामसुम !