आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

‘हल्ट पुरस्कार’ आयोजनाको तयारी

बुधबार, १८ फागुन २०७८, १७ : ५७
बुधबार, १८ फागुन २०७८

विगत वर्षको सफलतालाई पछ्याउँदै यसवर्ष पनि ब्रिटिश कलेजमा ‘हल्ट पुरस्कार’ आयोजना गर्ने तयारी गरिएको छ । आयोजक समिति र सहभागीहरुले आफ्नो विचार र सीप प्रदर्शन गर्न ब्रिटिश कलेजद्वारा आयोजित र फ्रक्सजबद्वारा प्रायोजित हल्ट पुरस्कार अन–क्याम्पस कार्यक्रम फुडमान्डुद्वारा सह–प्रायोजित छ ।

यो कार्यक्रम हल्ट इन्टरनेशनल बिजनेस स्कुल र संयुक्त राष्ट्रसंघको संयुक्त पहल हो । प्रत्येक वर्ष हल्ट पुरस्कार टोलीले एउटा चुनौती जारी गर्दछ, जुन विश्वभरका सबै क्याम्पस र विश्वविद्यालयमा सञ्चार गरिन्छ । १२१ भन्दा बढी देशहरूमा क्याम्पस निर्देशकहरूको नेटवर्क आयोजकका अनुसार स्टार्ट अपका लागि हल्ट पुरस्कारले विजेता टोलीलाई एक मिलियन डलर पुरस्कार दिन्छ ।

२० फेब्रुअरी २०२२ मा फ्रक्सजबसँगको बैठकमा प्रबन्ध निर्देशक विमल कँडेल र हल्ट प्राइज अन–क्याम्पस निर्देशक ग्रिशम तिवारीले शीर्षक प्रायोजकको रूपमा एक समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । त्यस्तै, २ मार्च २०२२ मा फुडमान्डुसँगको बैठकमा सहायक प्रबन्धक ब्रान्ड मार्केटिङ दीक्षा महत र हल्ट प्राइज अन–क्याम्पस निर्देशक ग्रिशम तिवारीले सह–प्रायोजकको रूपमा समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । 

साथै, कार्यक्रमलाई उद्यमी इनोभेसनले ‘नलेज पार्टनर’ र केक सेवाले ‘गिफ्टिङ पार्टनर’ को रुपमा प्रायोजन गरेको छ । यस वर्षको ‘ग्लोबल कल टु एक्सन गेटिङ् द वोर्ल्ड् ब्याक टु वर्क’ हो जहाँ विश्वव्यापी सोच र स्थानीय नेतृत्व गरेर २०२४ सम्ममा २ हजार रोजगारीका अवसरहरू सिर्जना गर्ने लक्ष्य राखिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप