शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

पसल फुटाएर १६ लाखको चोरी गरेको अभियोगमा दुई जना पक्राउ

बुधबार, १८ फागुन २०७८, १७ : २८
बुधबार, १८ फागुन २०७८

काठमाडौं । पसल फुटाएर मोबाइल चोरी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका ४ मा रहेको सुरज इलेक्ट्रोनिक्स पसलको झ्याल फुटाएर मोबाइल लगायतका समान चोरी गरेको अभियोगमा प्रहरीले सुरेश गिरी र गणेश क्षेत्रीलाई पक्राउ गरेको हो ।

उनीहरुले १५ मोबाइल, एक गितार, स्मार्ट घडी लगायतको​ करिब १६ लाख १२ हजार बराबरको सामाग्री चारी गरेको प्रहरीले जनाएको छ । माघ १८ गते राती चोरी भएपनि प्रहरीले उनीहरुलाई सोमबार मात्र पक्राउ गरेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप