शुक्रबार, १४ असार २०८१
ताजा लोकप्रिय

युक्रेनमा अर्का एक भारतीय विद्यार्थीको मृत्यु

बुधबार, १८ फागुन २०७८, १७ : १९
बुधबार, १८ फागुन २०७८

रुस युक्रेन युद्धबीच बुधबार अर्का एक भारतीय विद्यार्थीको मृत्यु भएको छ । खारकिएभमा भएको बमबारीमा ती विद्यार्थीको मृत्यु भएको भारतीय समाचार एजेन्सी आजतकले बताएको छ ।

मृतक विद्यार्थी भारतको पञ्जाबका बासिन्दा थिए ।

रुसी सेनाले युक्रेनमाथि विध्वंश मच्चाइरहेको छ । युद्धको सातौँ दिन रुसका सैनिकले विभिन्न इलाकामा हमला गरिरहेका छन् । स्मरण रहोस्, मंगलबार भएको हमला पनि एक भारतीय विद्यार्थीको मृत्यु भएको थियो ।

यो खबर विदेश मन्त्रालयका प्रवक्ता अरन्दिम बागचीले दिएका हुन् । मंगलबार रुसी हमलामा मारिएका भारतीय विद्यार्थीको नाम नविन थियो । उनी कर्नाटकका बासिन्दा थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप