नारायणमान बिजुक्छे र विप्लवबीच भेटवार्ता
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे र नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ । बुधबार दिउँसो बिजुक्छे भेट्न विप्लव पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई लिएर भक्तपुर पुगेका थिए । भेटवार्तामा नेमकिपाका सांसद प्रेम सुवालसमेत सहभागी थिए । बिजुक्छे र विप्लवबीच नेपाली राजनीतिको पछिल्लो अवस्था र एमसीसीलगायतका विषयमा कुराकानी भएको विप्लव सचिवालयले जानकारी दिएको छ ।
पछिल्लो समय नेमकिपाका अध्यक्ष बिजुक्छे राजनीतिक रूपमा त्यति सक्रिय छैनन् । विप्लव भने अहिले राजनीतिक भेटघाट तीव्र पारिरहेका छन् । बुधबार बिहान मात्रै ‘विप्लव’ले माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठसँग उनकै निवास हरिसिद्धिमा भेटवार्ता गरेका थिए ।
प्रतिनिधिसभाले एमसीसी अनुमोदन गरेसँगै विप्लवले सडक आन्दोलन गर्ने चेतावनी दिएका छन् । त्यसकै लागि साना कम्युनिस्ट पार्टीको समर्थन खोज्न विप्लव बिजुक्छेकहाँ पुगेका हुन् । विप्लव नेतृत्वको नेकपा र बिजुक्छे नेतृत्वको नेमकिपा दुवै एमसीसी खारेज गर्नुपर्ने पक्षमा छन् । नेमकिपाले संसदमै एमसीसीको विरोध गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
-
पोखरामा माइक्रो र मोटरसाइकल ठोकियो, १९ वर्षीय युवकको मृत्यु
-
आपूर्ति चिन्ताले लगातार पाँचौँ दिन बढ्यो तेलको मूल्य, कतिमा भइरहेछ कारोबार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण