भ्रष्टाचार आरोपमा अदालतमा मुद्दा दायर
बाराको कोल्हवी नगरपालिकास्थित वडामा कार्यरत एक कर्मचारीमाथि विशेष अदालतमा आरोप पत्र दायर गरिएको छ । नायब सुब्बा विनोद प्रसाद साहविरुद्ध विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर भएको हो । कोल्हवी नगरपालिका वडा नम्बर ११ को वडा कार्यालयमा कार्यरत वडा सचिव साहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको जनाएको छ । अनुसन्धानको क्रममा कर्मचारी साहले सेवाग्राहीसँग घुस लिएको पुष्टि भएको भन्दै विशेष अदालतमा आरोप–पत्र दायर गरेको प्रवक्ता श्याम प्रसाद भण्डारीले जनाएका छन् ।
आरोपित साहले जग्गा नामसारी सिफारिसका लागि सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरीका आधारमा हेटौडा स्थित आयोगबाट खटेको एक टोलीले उनलाई सेवाग्राहीबाट ३ हजार ५ सय रुपैयाँ घुस लिइसकेको अवस्थामा गत माघ २० गते नियन्त्रणमा लिएको थियो ।
अनुसन्धानको सिलसिलामा आरोपित साहले जग्गा नामसारी सिफारिस गरिदिने प्रयोजनार्थ सेवाग्राहीसँग उक्त रकम लिएको खुल्न आएको प्रवक्ता भण्डारीले बताए । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर भएकोले आरोपित साहलाई बिगो ३ हजार ५ सय रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को खण्ड (क) बमोजिम सजायको माग गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्याय परिषद्लाई गतिशील बनाएमात्रै न्याय क्षेत्रका विकृतिहरूको अन्त्य हुन्छ : प्रधानन्यायाधीश राउत
-
न्यायाधीश नियुक्तिमा एक अर्कालाई देखाएर पन्छिँदै
-
उत्पीडित वर्गलाई समान हक नदिइ देश अघि बढ्न सक्दैन : सभापति देउवा
-
भारतमा फेरि भेटियो स्टारलिंकको इन्टरनेट डिभाइस
-
सवारी दुर्घटनामा तीन जनाको मृत्यु
-
कुशलले कप्तानी जिम्मेवारीमा धेरै विकास गरेको छ : शरद भेषावकर