शिल्पाले सुरु गरिन् फिल्म ‘सुखी’ को छायाङ्कन
बुधबार, १८ फागुन २०७८, १६ : ४८

अभिनेत्री शिल्पा शेट्टी कुन्द्राले फिल्म ‘सुखी’ को सुटिङ सुरु गरेकी छन् । शिवरात्रिको अवसर पारेर मंगलबारबाट फिल्मको सुटिङ सुरु भएको हो । ‘शेरनी’, ‘छोरी’ र ‘जलसा’ जस्ता समीक्षकबाट तारिफ पाउन सफल फिल्मका निर्माता भुषणकुमार र अबुदन्तिया इन्टरटेनमेन्टले मिलेर फिल्म बनाउन लागेका हुन् । फिल्म निर्माणमा टीसीरीज समेत जोडिएको छ ।
फिल्मको निर्देशन सोनल जोशीले गर्दैछन् । जोशी यसै फिल्मबाट निर्देशनमा डेब्यु गर्न लागेका हुन् । रोमान्टिक बिषयमा फिल्म निर्माण हुन लागेको हो । फिल्ममा शिल्पाको मुख्य भूमिका छ । पन्जाबबाट छायाङ्कन सुरु भएको फिल्मको निर्माता भुषणकुमार, कृष्णकुमार, बिक्रम मल्होत्रा र शिखा शर्मा हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हट्यो ताप्लेजुङमा जारी निषेधाज्ञा
-
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, के–के छन् नयाँ व्यवस्था (पूर्णपाठसहित)
-
पशुपतिमा चुस्त सुरक्षा व्यवस्थापन : महँगा गहना लगाएर नआउन अनुरोध
-
१० बजे १० समाचार : अडियो प्रकरणले लियो ज्यान, अब ईभी किन्न कठिन
-
६० लाख खर्च गरेर २५ जोडीको सामूहिक विवाह गरिने
-
नेपालगञ्जमा भ्यानको ठक्करबाट एक बालकको मृत्यु