कल्याणकारी कोष श्रमिकको हकहितमा उपयोग गर्ने श्रममन्त्रीको प्रतिवद्धता
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले राष्ट्रिय स्तरको कल्याणकारी कोषको रकम श्रमिकको हकहितमा उपयोग गर्ने प्रतिवद्धता जनाएका छन् । राष्ट्रिय स्तरको कल्याणकारी कोषको सचिवालयले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री श्रेष्ठले श्रमिकको नामको रकम लक्षित वर्गको हितकै लागि खर्च गर्नेतर्फ सरकार, रोजगारदाता तथा क्रियाशील ट्रेड युनियनहरूबीच गम्भीर छलफल गरी ठोस कदम चालिने बताए ।
श्रमिकको हकहितका लागि उपयोग गर्ने गरी स्थापित राष्ट्रिय कल्याणकारी कोषलाई पारदर्शी र प्रभावकारी बनाइने भन्दै मन्त्री श्रेष्ठले कानुन अनुसार कोषमा रकम जम्मा गर्न प्रतिष्ठानहरुलाई आग्रह गरे। ऐन-कानुनमा प्रस्ट नभएका प्रावधानलाई उपयुक्त व्याख्या र आवश्यकता पर्दा संशोधन गरेर भए पनि राष्ट्रियस्तरको कल्याणकारी कोषको उपयोगिता बढाउनुपर्नेमा मन्त्री श्रेष्ठले जोड दिए । हजारौंको संख्यामा रोजगारदाता प्रतिष्ठानहरु भएपनि ३ सय ४० वटाले मात्र नियमित रुपमा रकम जम्मा गरेका छन् । रोजगारदाता र श्रमिकबीचको सौहार्दपूर्ण सम्बन्धले औद्योगिक विकास एवं रोजगारी सिर्जना गर्न सहयोग गर्ने मन्त्री श्रेष्ठको भनाइ छ ।
श्रमिक अस्पताल बनाउन मन्त्रिपरिषद्ले सहमति दिएकोले आवश्यक तयारी सुरु गरिएको उनले बताए । मन्त्री श्रेष्ठले मेडिकल कलेज सहितको श्रमिक अस्पतालमा श्रमिकका सन्तानले मेडिकल शिक्षा पढ्न पाउने व्यवस्था गरिने बताए । श्रमिक आपूर्तिकर्ता मुलुकहरुले अस्पताल निर्माणमा सहयोग गर्ने प्रतिवद्धता जनाएको उनले बताए । कार्यक्रममा राष्ट्रिय स्तरको कल्याणकारी कोषका अध्यक्ष तथा मन्त्रालयका सचिव एकनारायण अर्यालले राष्ट्रिय स्तरको कल्याणकारी कोषमा रकम जम्मा गर्नु बाध्यात्मक व्यवस्था रहेको भन्दै दण्ड पुरस्कारको व्यवस्था गरिने बताए ।
कार्यक्रममा रोजगारदाता परिषदका अध्यक्ष रामचन्द्र साँघाइ, संयुक्त ट्रेड युनियन समन्वय केन्द्रका अध्यक्ष प्रेमलकुमार खनाल, ट्रेड युनियन काँग्रेसका अध्यक्ष पुष्कर आचार्य, जिफन्टका उपाध्यक्ष विदुर कार्की लगायतले राष्ट्रिय स्तरको कल्याणकारी कोषलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यू–१९ एसिया कप क्रिकेटका लागि हेमन्तको कप्तानीमा नेपाली टोलीको घोषणा
-
‘ड्रागन फ्रुट’ बेचेर वार्षिक १५ लाख आर्जन
-
नेपाल–चीनबिच भएका सम्झौता कार्यान्वयनमै सकस
-
डाक्टरले सामुहिक राजीनामा दिएपछि प्रादेशिक अस्पतालको सेवा प्रभावित
-
रविलाई बिहानै पुर्याइयो अदालत, छवि पनि साथमै
-
धितोपत्र बोर्डको अध्यक्ष चयन प्रक्रिया : अन्तर्वार्ताका लागि दुईजना मात्रै उपस्थित