आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

माइक्रोसफ्टका सीईओ सत्या नाडेलामाथि बज्रपात

बुधबार, १८ फागुन २०७८, १६ : १५
बुधबार, १८ फागुन २०७८

माइक्रोसफ्टका सीईओ सत्या नाडेलाको छोरा जेन नाडेलाको निधन भएको छ । जेन नाडेला सेरेब्रल पाल्सी नामक एक रोगबाट ग्रसित थिए र उनको उमेर केवल २६ वर्षको मात्रै थियो । 
माइक्रोसफ्टले आफ्नो कर्मचारीहरुलाई एक ईमेल पठाएर यसको जानकारी दिएको हो । जेनको उपचार चिल्ड्रेन अस्पतालमा चलिरहेको थियो । जेनको मृत्युपछि अस्पतालका सीईओ जेफ स्पेरिङले बोर्डबाट एक सन्देशमा भनेका छन्,‘जेनलाई संगीतप्रतिको आकर्षणका लागि सधै सम्झिइने छ ।
के हो सेरेब्रल पाल्सी ? 
सेरेब्रल पाल्सी मस्तिष्क र मांसपेशीसँग जोडिएको एक समस्या हो । यो समस्या खासमा बच्चामा पाइन्छ  । यो रोग मस्तिष्कमा चोट लाग्नाले हुने गर्छ । यो रोग संक्रामक भने हुँदैन ।
यो मस्तिष्कमा भएको कुनै क्षतीको कारण हुन्छ र जुन आम रुपमा जन्मदेखि पहिले, जन्मको अवधिमा  वा यसको तुरुन्त पछि पनि हुन सक्छ । यो रोगको लक्षण सबैमा फरक फरक पाइन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप