इन्टर्नसिपको माग गर्दै एमबीबीएस विद्यार्थीको माइतीघरमा धर्ना

कोभिड महामारीका कारण चीनबाट फर्केका २०१५/०१६ ब्याचका एमबीबीएस अध्ययनरत गर्ने विद्यार्थीहरू इन्टर्नसिप (प्रयोगात्मक शिक्षा) व्यवस्थापन कार्यान्वयन गर्न ढिलाइ भएको भन्दै आन्दोलनमा उत्रिएका छन् । आन्दोलनस्वरुप उनीहरुले बुधबार माइतीघर मण्डलामा भोक हड्ताल र शान्तिपुर्ण धर्ना दिएका हुन् । सोमबार र मंगलबार विद्यार्थीहरुले नेपाल मेडिकल काउन्सिलको प्राङ्गणमा भोक हड्ताल र शान्तिपुर्ण धर्ना दिएका थिए ।
गत पुस १४ गते बसेको मन्त्रिपरिषद् बैठकले चिकित्सा शिक्षाको स्नातक तहमा चीनलगायतका मुलुकमा भर्ना भएका विद्यार्थीको हकमा बाँकी रहेको अध्ययन, प्रयोगात्मक अभ्यास र इन्टर्नसिप गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको थियो । तर, निर्णय भएको महिनौँ बितिसक्दा पनि चिकित्सा शिक्षा आयोगको लापरवाही र ढिलासुस्तीले गर्दा उक्त निर्णय कार्यान्वयन गर्न नभएको भन्दै विद्यार्थीहरु आन्दोलनमा उत्रिएका हुन् ।
उनीहरूले इन्टर्नसिपको व्यवस्था कार्यान्वयनमा नआउँदा सम्म आफूहरूको आन्दोलन जारी रहने जनाएका छन् । २०१५/०१६ ब्याचका विद्यार्थीहरूको इन्टर्नसिप सम्बन्धित चिकित्सा शिक्षा आयोग, नेपाल मेडिकल काउन्सिलको दिशा निर्देशनअनुसार ढिलासुस्ती नगरी उचित समय अवधि ९बढीमा १८ महिना० हुने गरी व्यवस्थापन कार्यान्वयन गर्न सरकार समक्ष अनुरोध गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षाध्यक्षमा लम्साल नियुक्त
-
शिवपुरी राष्ट्रिय निकुञ्जमा हाइकिङ गएर अलपत्र परेका १० किशोरहरूको उद्धार
-
नेपाल र म्यानमारको खेल बराबरीमा सकियो
-
एयरपोर्टमा सुन ल्याए नल्याएको जाँच कसरी हुन्छ ?
-
श्याम र मिराको ‘फूलको रङ्ग’मा प्रभात र उषाको अभिनय
-
प्रदर्शनरत ‘ताण्डवम्’को नयाँ गीत ‘बहँदा बहँदै’ सार्वजनिक