सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

तेस्रो ‘हिमालयन हाइड्रो एक्स्पो’ हुने

बुधबार, १८ फागुन २०७८, १६ : ०८
बुधबार, १८ फागुन २०७८

नेपालमा उत्पादित विद्युतको बजार र खपत बढाउने लक्ष्यसहित तेस्रो संस्करणको हिमालयन हाइड्रो एक्स्पो आयोजना हुने भएको छ । स्वतन्त्र ऊर्जा उत्पादक (इप्पान) को आयोजनामा चैत १८ देखि २० गतेसम्म एक्स्पो आयोजना हुने भएको हो ।

ईप्पानका उपाध्यक्ष आशिष गर्गले उत्पादित बिजुली खेर गएपछि त्यसको बजार खोज्ने लक्ष्यसहित एक्स्पो आयोजना गर्न लागिएको जानकारी दिए । ‘यसअघि बिजुली उत्पादन नभएर १८ घण्टे लोडसेडिङ भोगियो,’ उनले भने, ‘अहिले बिजुली बढी भएर खेर जाने समस्या भइरहेको छ ।’ यही समस्या समाधान गर्ने लक्ष्यसहित यस पटकको एक्स्पो आयोजना गर्न लागिएको उनको भनाई छ ।

तीन दिनसम्म राजधानीको भृकुटीमण्डपमा चल्ने एक्स्पोमा १०० वटा स्टल रहनेछन् । जसमा सहभागीमध्ये ५० प्रतिशत स्टल विदेशी रहने आयोजकले जनाएको छ । ईप्पानले आयोजना गर्ने एक्स्पोमा भारतीय दूतावाससँगको समन्वयमा बेलायत तथा क्यानडाको हाइ कमिशन कन्ट्री पार्टनर रहनेछन् ।

भारतीय दूतावासको समन्वयमा एक्स्पो आयोजना हुँदा नेपाल र भारतका ऊर्जा सम्बद्ध व्यक्ति तथा संस्थाका बीचमा पारस्परिक सहयोग र सहकार्यमा समेत सहजता आउने अपेक्षा आयोजकको छ । यसबाट नेपालले जलविद्युतको व्यापार र विस्तार गर्न सहयोग पुग्ने बताइएको छ ।

एक्स्पोमा जलविद्युत प्रवर्द्धक, उत्पादक, इक्युप्मेन्टस् सप्लायर्स, टवाईन उत्पादक, लगानीकर्ता, बैंक, बीमा लगायत जलविद्युतमा नयाँ प्रविधि र निर्माणसम्बन्धी स्टल रहने छन् । जसमा विद्युतीय चुल्हो र विद्युतीय सवारीको समेत प्रदर्शनी गरिने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप