शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

कमल थापाद्वारा १६ जनालाई पदाधिकारीमा मनोनयन, पार्टी बुझाउने लाक्पा बने उपाध्यक्ष

बुधबार, १८ फागुन २०७८, १६ : ०१
बुधबार, १८ फागुन २०७८

राप्रपा नेपालका अध्यक्ष कमलले १६ जनालाई पदाधिकारीमा मनोनयन गरेका छन् । गत फागुन ७ गते राप्रपा नेपाललाई पुनर्गठन गरेका थापाले १६ जनालाई पदाधिकारीमा मनोनयन गरेका हुन् । जसअनुसार उनले ६ जनालाई उपाध्यक्ष बनाएका छन् भने ४ जनालाई महामन्त्री र ६ जनालाई सहायक मन्त्री बनाएका छन् । 

राप्रपा प्रवक्ता सुरेश आचार्यले जारी गरेको विज्ञप्तिमा राजीब पराजुली (पर्सा), उद्धव पौडेल (काठमाडौं), जयकुमार खड्का (काठमाडौं), राजेन्द्र वीर राय (बाँके), डा विष्णु भण्डारी (तनहुँ) र लाक्पा तामाङ (धनकुटा) उपाध्यक्ष चयन भएका छन् । आज मनोनयनमा परेकामध्ये उपाध्यक्ष लाक्पाले आफू अध्यक्ष रहेको राप्रपा नेपाल कमल थापाको जिम्मा लगाएका थिए । 

उनले कमल थापाले राप्रपा परित्याग गरेपछि थापालाई पार्टी बुझाएका हुन् । यसैगरी महामन्त्रीमा भास्कर भद्रा (ललितपुर), सुशिल श्रेष्ठ (महोत्तरी), इन्द्र चित्रकार (काठमाडौं) र राजाराम बर्ताैला (मकवानपुर) मनोनित हुँदा सहायक महामन्त्रीमा हरिकृष्ण श्रेष्ठ (सुनसरी),  धरम गुरुङ (पर्वत), अम्बिका प्रसाद ढकाल (भोजपुर), शिव कुमार बास्तोला (कास्की), ममता राई (झापा) र शशिरञ्जन यादव (महोत्तरी) चयन भएका छन् ।

यसअघि फागुन १५ मा पनि थापाले ६ जनालाई पदाधिकारीमा मनोनयन गरेका थिए । त्यतिबेला उनले कोषाध्यक्ष, प्रवक्ता र सहमहामन्त्री मनोनयन गरेका हुन् ।  जसअनुसार कोषाध्यक्षमा चन्द्रबहादुर गुरुङ मनोनित भएका थिए भने प्रवक्तामा बसन्तमान सिंह अधिकारी र सुरेश आचार्य  मनोनित हुँदा सहमहामन्त्रीमा हिक्मत बहादुर ढकाल, तेजकुमार कुरुम्बाङ र  आइतराम तामाङ चयन भएका थिए । यससँगै राप्रपा नेपालमा पदाधिकारी संख्या अध्यक्षसहित २३ सदस्यीय भएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप