एमसीसी परियोजना प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्छ : अध्यक्ष मल्ल
नेपाल चेम्बर अफ कमर्सले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँगको परियोजना प्रभावकारी कार्यन्वयन गर्न आग्रह गरेको छ । प्रतिनिधिसभाबाट अनुमोदन भएपछि एमसीसी मुख्यालयले पनि स्वीकार गरिसकेकाले अब कार्यान्वयन पाटो चुस्त बनाउन चेम्बरले आग्रह गरेको हो ।
प्रसारण लाइन निर्माणले मुलुकको विद्युत व्यापारलाई टेवा प्रदान गर्ने हुँदा एमसीसी आएसँगै उर्जा क्षेत्रमा लगानी बढ्ने आशा चेम्बरको छ । यस्तै, सडक पूर्वाधारको स्तरोन्नतीले व्यापारमा सहजीकरण ल्याउने भएकाले परियोजना कार्यान्वयनमा ल्याउन चेम्बरले आग्रह गरेको हो ।
५० करोड अमेरिकी डलर र नेपाल सरकारले १३ करोड डलर लगानी गर्ने परियोजनाको सफल कार्यान्वयनबाट आगामी पाँच वर्षमा नमुना विकासको आधार प्रस्तुत हुनुपर्ने चेम्बरको भनाई छ । एमसीसी परियोजना अन्तर्गत निर्माण हुने ४०० केभी क्षमताको शंखरापुर लप्सेफेदी–रातामाटे,रातामाटे–हेटौंडा, दमौली–बुटवल प्रसारण लाइन र सवस्टेशन निर्माणबाट मुलुकको आन्तरिक विद्युत प्रणाली र अन्तरदेशीय विद्युत व्यापारका लागि कोशेढुङ्गा सावित हुने अध्यक्ष राजेन्द्र मल्लले बताए । यो आर्थिक परियोजना मुलुकको विकास तथा रोजगारी सिर्जनाका लागि महत्वपुर्ण आधार हुने अध्यक्ष मल्लको भनाई छ । ‘एमसीसी परियोजना बन्ने आधार खडा भएको छ ।
यसले निजी क्षेत्रमा पनि उत्साह जगाएको छ’ उनले भने, ‘यो विशुद्ध आर्थिक परियोजनाको पाँच वर्षभित्रमा सफल कार्यन्वयन गरि आर्थिक समृद्धि तथा नमुना योजनाका रुपमाविकास गरिनुर्पछ, ।’ सम्झौता अनुमोदनले नेपालको विकास प्रतिको प्रतिवद्धताको सन्देश सम्प्रेषण हुने तथा लगानीको वातावरण बनाउन सहयोग पुग्ने अपेक्षा चेम्बरले गरेको छ । कोभिड–१९ महामारीका कारण सुस्त रहेको अर्थतन्त्रलाइ एमसिसी कम्प्याक्ट अनुमोदनद्वारा राहत प्रदान हुने समेत चेम्बरले जनाएकोे छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितनको माडीमा १२ सय परिवार गरिब
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या