शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

अदितिको ‘बाबरी’ भदौमा प्रदर्शन हुने

बुधबार, १८ फागुन २०७८, १५ : ४१
बुधबार, १८ फागुन २०७८

अभिनेत्री अदिति बुढाथोकीको मुख्य भूमिका रहेको फिल्म ‘बाबरी’ आगामी भदौ ३१ मा प्रदर्शन हुने भएको छ । निर्माण युनिटले फिल्मको एक पोस्टरसहित प्रदर्शन मिति पनि सार्वजनिक गरेको हो । सुरेन्द्र पौडेलको निर्देशन रहेको फिल्ममा अदितिको अलवा अभिनेताद्वय धीरज मगर, धीरज नाडकरको मुख्य भूमिका छ । सार्वजनिक पोस्टरमा तीन मुख्य पात्रको चरित्र खुलाइएको छ ।

 अभिनेत्री अदितिको होम प्रोडक्सन बाबरी फिल्मस्ले निर्माण गरेको फिल्मकी निर्माता पुष्पा बुढाथोकी हुन् । सुष्मा प्रोडक्सनले पनि फिल्म निर्माणमा सहकार्य गरेको छ ।  सुष्मा गुरुङ सह–निर्माता रहेको फिल्मको कथा निर्देशक पौडेलले नै लेखका हुन् । त्रिकोणात्मक प्रेमकथामा बताइएको फिल्म काठमाडौं,झापा,मोरङ र उत्तरी सिक्किमका विभिन्न रमणीय स्थानमा छायाङ्कन भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप