शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

नेप्सेमा ६४ अंकको पहिरो, ३ अर्ब ६२ करोडको कारोबार

बुधबार, १८ फागुन २०७८, १५ : ३४
बुधबार, १८ फागुन २०७८

बुधबार सेयर बजार परिसूचक नेप्सेमा ६४ अंकको पहिरो गएको छ । कुल ३ अर्ब ६२ करोड ११ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको बजारमा ६३.९८ अंकको गिरावट आएको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से सूचक ४३.९८ अंकले घट्दै २५ सय ५४.६० अंकमा झरेको छ । यता क वर्गको सेन्सेटिभ इन्डेक्स समेत आज ११.५२ अंकले घट्दै ४८८.६९ अंकमा झरेको छ ।

सबै उपसूचक ऋणात्मक भएको दिन सबैभन्दा बढी फाइनान्स समूहको सूचक अधिकतम ३.६५ प्रतिशतले घटेको छ भने, म्यानु एण्ड प्रो ३.६३ प्रतिशतले, हाइड्रोपावर ३.३९ प्रतिशतले घट्न पुगेका छन् । यस्तै, नन् लाइफ इन्स्योरेन्स ३.२८ प्रतिशतले, इनभेष्मेन्ट ३.२३ प्रतिशतले, अदर्श २.३१ प्रतिशतले र माइक्रोफाइनान्स समूह २.१४ प्रतिशतले घटेका छन् । ट्रेडिङ समूह २.०४ प्रतिशतले घटेको यस दिन बैंकिङ समूहको उपसूचक १.६१ प्रतिशतले घटेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप