जनकपुरमा हुने साहित्य महोत्सवको तयारी पूरा
तेस्रो संस्करणको जनकपुर साहित्य महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ । जनकपुरधामस्थित जानकी मन्दिर परिसरमा बिहीबारदेखि हुने महोत्सव यही फागुन २१ गतेसम्म चल्ने आयोजकले जनाएको छ ।
महोत्सवबारे जानकारी दिने उद्देश्यले आज आयोजित पत्रकार सम्मेलनमा आयोजक समितिका संयोजक राकेशविक्रम साहले जनकपुरसहित मधेस प्रदेशमा साहित्यक अवस्था, सम्भावनाबारे व्यापक छलफल गरिने जानकारी दिए । उनले साहित्यिक क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्यले साथ आयोजना गर्न लागेको महोत्सवमा देशभरिका ख्याति प्राप्त स्रष्टाहरूको सहभागिता रहने जानकारी दिए ।
साहित्य महोत्सवअन्तर्गत फागुन २० गते समाजमा विभेद, मधेसमा ‘उद्यमी र मधेसको उद्योग तथा शिक्षा संस्कार’ विषयक कार्यपत्रमाथि विश्लेषक डा रामेश कोइलारा, प्राध्यापक डा सुष्मा द्विवेदी, विश्लेषक तुलानारायण साह, पवन मण्डल लगायतका विज्ञहरुले छलफल गर्ने कार्यक्रम तय भएको उनले बताए ।
यस्तै फागुन २१ ‘महिला र राजनीति’ बिषयमा प्रदेशसभा सदस्य मञ्जु यादव, पत्रकार सलमा खातुन, एलिजा ढकाल, चमेलीदेवी दास तथा ‘कसको लोकतन्त्र कस्तो लोकतन्त्र’ विषयमा राजनीतिज्ञ सरिता गिरी, विश्लेषक सिके लाल र हरि शर्माले टिप्पणी गर्ने कार्यक्रम रहेको आयोजक समितिले जनाएको छ ।
त्यस्तै ‘मधेस ः एक अवसर’ विषयक कार्यपत्रमाथि सांसद विनोद चौधरी, राष्ट्रियसभा सदस्य डा बिमला राई पौडेल तथा ‘परिवर्तनको सिद्धान्त’ विषयमा नेपाली कांग्रेसका महामन्त्री एवम् प्रतिनिधिसभा सदस्य गगन थापाले प्रस्तुति गर्ने कार्यक्रम रहेको आयोजक समितिले जनाएको छ । साहित्य महोत्सवमा वरिष्ठ साहित्यकार खगेन्द्र सङ्ग्रौलाले ‘मधेस, साहित्य र म’ विषयमा कार्यक्रम प्रस्तुत गर्ने तय भएको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ महिनामा १४ हजार सैनिक विपद् व्यवस्थापनमा परिचालन
-
कम्युनिस्ट नेताहरूको छोराछोरी कहाँ कहाँ पढ्छन् सार्वजनिक गरौँ : सुदन किराती
-
नयाँ शक्तिद्वारा ९ जना केन्द्रीय सदस्य मनोनयन, क–कसले पाए महत्त्वपूर्ण जिम्मेवारी ?
-
पाथीभरा क्षेत्रमा भएको विवाद समाधान गर्न एमालेकाे माग
-
पाकिस्तानविरुद्ध भारतीय फास्ट बलर शामीले बनाए यस्तो खराब रेकर्ड
-
सिराहामा किशोरी मृत्यु प्रकरण : घटना ‘मिलापत्र’ गराउन खोज्ने ८ जना नियन्त्रणमा