आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

बिहीबार सार्वजनिक बिदा दिने सरकारको निर्णय

बुधबार, १८ फागुन २०७८, २० : ००
बुधबार, १८ फागुन २०७८

शेर्पा समूदायको ग्याल्पो ल्होसारको अवसरमा बिहीबार बिदा हुने भएको छ । गृह मन्त्रालयले सो पर्वको अवसरमा बिहीबार बिदा दिने निर्णय भएको जानकारी दिएको हो ।

गृहमन्त्रीको निजी स्वकीय सचिव नरेन्द्र केसीले मन्त्रीस्तरीय निर्णयबाट बिहीबार सार्वजनिक बिदा दिने निर्णय भएको रातोपाटीलाई बताए । सरकारले सबैखाले ल्होसारमा बिदा दिँदै आएको छ । ​ग्याल्पो लोसार बौद्ध धर्मावलम्बीहरूको एक प्रमुख चाड हो । यो चाड खासगरी शेर्पा जातिले मनाउने भएतापनि सांस्कृतिक घुलमिलका कारण अन्य जातिले पनि मनाउने गर्दछन् ।  नयाँ वर्षका रूपमा शेर्पा समुदायले ग्याल्पो ल्होसार मनाउने गरेका छन् । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप