रुसद्वारा युक्रेनको खेरसन शहरमाथि नियन्त्रणको दाबी
रुसी सेनाले युक्रेनको दक्षिण शहर खेरसनमाथि कब्जा जमाएको रुसको रक्षा मन्त्रालयले दाबी गरेको छ ।
यदि यो शहरमाथि युक्रेनको नियन्त्रण नभए, यो रुसको कब्जामा आउने रुसको सबैभन्दा ठूलो शहर हुनेछ ।
यसअघि राती रुसी सैनिक शहरको गल्लीमा देखिएका थिए । शहरका मेयरले खेरसनको रेल स्टेशन र बन्दरगाहमा रुसी सैनिकले कब्जा गरेको बताएका थिए ।
युक्रेन र रुसबीच युद्धको आज सातौँ दिन हो । रुसी हमलामा युक्रेनमा भारी विनाश भएको छ । युक्रेनका केही इलाका रुसको कब्जामा पनि छ तर राजधानी किएभमा हाल युक्रेनकै नियन्त्रण छ ।
यसैबीच दुबै देशका प्रमुखबीच सोमबार एक चरणको वार्ता पनि भएको थियो जुन निष्कर्षविहिन भएको थियो ।
रुसले युक्रेनमाथि हमला रोक्नका लागि जुन शर्त राखे त्यो युक्रेनका राष्ट्रपति वोलोदिमिर जेलेन्स्कीले मान्न अस्वीकार गरिदिए ।
त्यसपछि रुसले युक्रेनमाथि हमलालाई तीब्रता दिएको छ । युक्रेनको दोस्रो ठूलो शहर खारकिएभमा मिसाइल हमला पनि भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मङ्सिरमा घरजग्गा कारोबार रकम र राजश्व सङ्कलनमा वृद्धि
-
१२ बजे, १२ समाचार : मुस्कुराउँदै न्यायाधीशले थपे रविको हिरासत म्याददेखि दुर्गा प्रसाईंले गुहारे सर्वोच्चसम्म
-
कुलमानले विद्युत् प्रसारण लाइन निर्माणमा जोडे निजी क्षेत्र
-
पार्टीभित्र सद्भाव, एकता र मेलमिलाप आवश्यक : बलायर
-
१० बजे, १० समाचार : थप ४ दिन रवि हिरासतमा, बन्दी प्रत्यक्षीकरण निवेदन लिएर दुर्गा अदालतमा
-
सुदूरपश्चिम प्रदेश राजधानी निर्माणको विषय अझै कार्यान्वयन भएन