युक्रेनको अर्को एउटा शहरमा रुसी हमलाको निशानामा आवासीय इलाका, दुईको मृत्यु
रुसको मिसाइल हमलामा कम्तीमा दुई नागरिकको मृत्यु भएको युक्रेनले जानकारी दिएको छ । यो हमला राजधानी किभबाट पश्चिमस्थित जोटेमरमा भएको हो । अधिकारीका अनुसार हमलाको निशाना शहरको एउटा एयरबेस थियो तर नजिकैको आवासीय भवन निशाना बनिदियो ।
युक्रेनको गृह मन्त्रालयले ट्वीट गरेर यो हमलामा कम्तीमा दुईजनाको मृत्यु भएको र १६ जना घाइते भएको जानकारी दिएका छन् । यद्यपि, टेलिग्राममा एक सरकारी अधिकारी एन्टनी गेराशचेन्कोले मृतकको संख्या अझै धेरै भएको बताएका छन् । उनले एक बच्चासमेत चार जनाको मृत्यु भएको बताएका छन् ।
फेसबुक र टेलिग्राममा युक्रेनको सरकारी अकाउन्टबाट बिस्फोटपछिको भिडियो सेयर गरिएका छन् । भिडियोमा देखिए अनुसार उद्धारकर्ता भग्नावशेषबाट जीवित मानिसलाई निकाल्ने कोसिस गरिरहेका छन् । युक्रेनको विदेश मन्त्रालयका अनुसार एक भवन जसमा रुसले हमला गर्यो त्यो एउटा प्रसुति गृह थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितनको माडीमा १२ सय परिवार गरिब
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या