रुसमाथि आर्थिक प्रतिबन्ध लगाउन यो देशद्वारा अस्वीकार
मेक्सिकोका राष्ट्रपति आन्द्रे म्यानुएल लोपेज ओब्राडोरले उनको देश युक्रेनमाथि हमला गरेकोमा रुसमाथि कुनै आर्थिक प्रतिबन्ध नलगाउने स्पष्ट पारेका छन् । उनले सोसल मिडिया कम्पनीले रसको सरकारी मिडियाको सेन्सरसिप गरिरहेको छ भनेर आलोचना गरेका छन् ।
मंगलबार एक पत्रकार सम्मेलनमा लोपेजले भने, ‘हामी कुनै पनि प्रकारको आर्थिक प्रतिरोध लिने तयारीमा छैनौँ किनभने हामी दुनियाँका सबै सरकारसँग राम्रो सम्बन्ध राख्न चाहन्छौँ ।’ मेक्सिकोको धारणा संसारका विभिन्न देशभन्दा नितान्त फरक छ जसले युक्रेनमाथि हमला गरेका कारण रुसमाथि विभिन्न प्रकारको प्रतिबन्ध लगाइसकेका छन् । अमेरिकासहित थुप्रै देशले खुल्ला रुपमा राष्ट्रपति भ्लादिमिर पुटिनको कदमको आलोचना पनि गरेका छन् ।
Mexico declines to impose economic sanctions on Russia https://t.co/t3ArijwQmO pic.twitter.com/lL9ErZESXk
— Reuters (@Reuters) March 2, 2022
समाचार एजेन्सी रोयटर्सका अनुसार मेक्सिकोका वामपन्थी नेता लोपेजले थुप्रै पटक अमेरिकाको विदेश नीतिको आलोचना पनि गरेका छन् । यद्यपि, अमेरिका र मेक्सिकाबीचको सम्बन्ध निकै बलियो छ । जबकी रुससँग उनीहरुको सम्बन्ध सिमित छ । रोयटर्सका अनुसार मंगलबार अमेरिकाका विदेशमन्त्री एन्टनी ब्लिङ्कनले मेक्सिकोका विदेश मन्त्रीसँग फोनमा कुराकानी गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भ्रष्टाचार मुद्दाको सजायविरुद्ध पुनरावेदन गएका सार्कोजीलाई झट्का
-
टर्कीका राष्ट्रपतिद्वारा सिरियाली शरणार्थी फिर्ता गर्न इयुसँग आग्रह
-
अन्तर्राष्ट्रिय ध्यान दिवस राष्ट्रिय महोत्सव हो : सद्गुरु एलपी भानु शर्मा
-
मुख्यमन्त्री लामाद्वारा चन्द्रागिरि नगर अस्पताललाई ‘भेन्टिलेटर’ हस्तान्तरण
-
अधिकांश क्यानडेली अमेरिकी बन्न चाहन्छन् : ट्रम्प
-
ओस्कारबाट बाहिरियो ‘शाम्बाला’